१४ श्रावण २०८३, बिहीबार
,
Latest
सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह चौध लाख बढीका भन्सार छलीका सामान बरामद मन्त्री चौधरीसँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशक लोधीको भेट राहदानी विभागले थप आवेदन फारम खोल्ने प्रधानमन्त्रीको सम्बोधन:सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने गतिविधिमाथि कडा कदम चालिने अमेरिका–इरान वार्ता प्रयास जारी रहेको पाकिस्तानको भनाइ, द्वन्द्वरत पक्षद्वारा आक्रमणमा जोड मुद्रास्फीति बढेपछि जापानले खाद्यवस्तुमा बिक्री कर घटाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना



फाइल फोटो
अ+ अ-

काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायूको प्रभाव रहेको छ ।

देशभर अधिकांश बादल लागेको छ । हाल गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा तथा देशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भाग साथै लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भाग तथा बागमती प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ । रासस