• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   लेभरकुसेन युरोपा लिगको फाइनलमा, अन्तिम समयमा रोमाञ्चक बराबरी ★   बजेट अधिवेशन आजदेखि : संसद् चल्ने कि नचल्ने अन्योल ★   पञ्जाब आईपीएल प्लेअफको दौडबाट बाहिर, बैंगलोरको लगातार चौंथो जित ★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ

‘खेलहरुको संयोजन हुनेगरि कुनै स्पष्ट शब्द राखिनुपर्छ’



काठमाडौं । खेलकुद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सोमबार दफावार छलफल भएको छ ।

छलफलमा भाग लिने सांसदहरुले अन्तर्राष्ट्रिय खेलाडीको परिभाषामाथि संशोधनको प्रस्ताव पेश छन् । कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने संशोधन परेको छ । सांसद जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्ने निकायको नाम नै कोट गरिनुपर्ने र ओलम्पिक कमिटीको छाताभित्र हुने खेलहरुमा सहभागि खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने बताउनुभयो ।

सांसद सरिता गिरीले राष्ट्रिय, अन्तर्राष्ट्रिय र प्रदेशस्तरमा हुने खेलहरुको संयोजन हुनेगरि कुनै स्पष्ट शब्द राखिनुपर्ने बताउनुभयो । सांसद रंगमति शाहीले विधेयकमाथि परेको संशोधनहरु के कति आवश्यक छन् त्यसको विषयमा टुंगो लगाएर अरु कुराहरु पछि पनि थप्न सकिने बताउनुभयो ।

सांसदहरुको संशोधन प्रस्तावमाथि जवाफ दिँदै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले देशको प्रतिनिधित्क गर्ने सबै खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिन नसकिने बताउनुभयो । केही समयअघि सम्पन्न साग प्रतियोगिताको उदाहरण दिँदै उहाँले भन्नुयो, ‘सागमा नेपालको तर्फबाट ६ सय बढी खेलाडीहरु सहभागि थिए । ६ सय खेलाडीहरुलाई नै अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दियौँ भने त्यो कति उपयुक्त हुन्छ ? हाम्रो देशको प्रतिनिधित्व स्वभाविक गराउनुथियो कतिपय अवस्थामा स्तर नपुगेका खेलाडीहरुपनि देशको छनोटमा ए ग्रेडमा परे । तर अन्तर्राष्ट्रिय स्ट्याण्डरमा त्यो हैसियत नपुगेको खेलाडीलाई कसरी मान्यता दिने । एउटा स्तर त मापन हुनुप¥यो । स्तर मान गर्ने भनेको मेडल हो’

बैठकमा ऐनको नाम राष्ट्रिय खेलकुद विकास ऐन राख्ने विषयमा सहमति जुटेको छ । समिति सभापति जयपुरी घर्तिले नामको विषयमा सहमति जुटेसँगै अर्को बैठक पुस ४ गतेका लागि आह्वान गर्नुभएको छ ।