• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर ★   कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, कांग्रेसको बहिस्कार ★   कांग्रेस बैठक आज : नीति तथा कार्यक्रमबारे के गर्ला निर्णय ? ★   उपेन्द्र यादव आज सरकारबाट बाहिरिँदै ★   बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय ★   यी ४ रोग छन् भने केरा नखानुहोस् ★   बिहान खाली पेटमा यी फलफुल खानुहोस् ★   तौल घटाउन बिहान खाली पेटमा कागती पानी पिउनुहुन्छ भने सावधान ! ★   आईपीएलमा बैंगलोरको लगातार पाँचौं जित, प्लेअफको सम्भावना कायमै ★   म्यान्चेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो

गोरखा नगरपालिकामा पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक विदा



गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा पुस २७ गते गोरखा नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार सम्पन्न नगर कार्यपालिकाको बैठकले नगरपालिका माताहतका कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् ।

‘नगरपालिका माताहतका कार्यालयहरु जस्तो नगरपालिकाकै कार्यालय, वडा कार्यालयहरु, विद्यालयहरु र स्वास्थ्य संस्थाहरु आउँदो पुस २७ गते सार्वजनिक विदा दिने निर्णय भएको छ’, श्रेष्ठले भनिन्, ‘प्रदेश र संघ सरकार अन्तर्गतका कार्यालयहरुका लागि होइन, हाम्रो नगरपालिका माताहतका कार्यालयहरुमा मात्र यो निर्णय लागु हुनेछ ।’

गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले गोरखाबाट नेपाली एकीकरणको जग बसालेका हुनाले उनको सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।