१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

मेलुङमा दुई करोड सुन्तला उत्पादन

मेलुङमा दुई करोड सुन्तला उत्पादन
अ अ+ अ-

चरिकोट । दोलखा जिल्लाको उत्पादनको भण्डारका रूपमा मानिने दक्षिणी गाउँपालिका मेलुङमा वार्षिक रु दुुई करोड बराबरको सुन्तला उत्पादन हुने गरेको छ । कृषि उत्पादनको राम्रो सम्भावना बोकेको मेलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा वार्षिकपमा दुई करोड रकम बराबरको सुन्तला उत्पादन हुने गरेको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए ।

मेलुङ गाउँपालिका समुद्री सतहदेखि ३३० मिटरको उचाइ सितलीदेखि तीन हजार ३०० मिटरको उचाइ शैलुङसम्म फैलिएको र समुद्री सतहबाट नौ सयदेखि एक हजार ४०० मिटर उचाइसम्म सुन्तला तथा अमिलो जातको फलफूल राम्रो उत्पादित हुने सुन्तला रसिलो, स्वादिलो तथा आग्र्यानिक हुने गरेको अध्यक्ष श्रेष्ठले बताए । गाउँपालिकाको वडा नं १ पवटी, वडा नं २ को ढल्केवर, डाडाँगाउँ, च्याने, वडा नं ४ का लामाटार, आँगेटार, मानेडाँडा, बुद्धचोक, वडा नं ६ को तीनपिप्लेलगायतको स्थानमा अत्यधिक सुन्ताल उत्पादन हुने गरेको छ ।

मेलुङको सुन्तला जिल्लाकै तामाकोशी चरिकोट मैनापोखरी बजारलगायत आसपासको जिल्लामा समेत खपत हुने गरेको छ । हिउँदको समयमा अत्यधिक सुन्तला उत्पादन हुने गरेता पनि त्यसलाई उचित भण्डारण गर्न नसक्दा किसानले न्यून मूल्यमा बिक्री गर्नुपरेको किसानले गुनासो गरेका छन् । सुन्तलाको माग देश र विदेशमा अत्यधिक भइरहेको अवस्थामा सुन्तला उत्पादन गर्नेतर्फ युवाहरुलाई प्रोत्साहन र परिचालन गर्न सकेमा युवालाई गाउँमै उत्पादनमा लगाउन सकिने र उत्पादनकै माध्यमबाट अर्थतन्त्र मजबुत बनाउन सकिने मेलुङ गाउँपालिका वडा नं १ का वडाध्यक्ष ईश्वर कोइरालाले बताए ।

गाउँपालिकाले पालिकालाई सुन्तला उत्पादनबाट आत्मनिर्भर बनाउने र सुन्तला पकेट क्षेत्र घोषण गर्ने योजनाका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रवक्ता हीरा थोकरले बताए । स्वस्थ एवं गुणस्तरीय बिरुवा वितरण बगैँचा व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग, रोग कीरा व्यवस्थापन सुन्तला बचाऊँ अभियानजस्ता कार्यक्रम सञ्चालनमा रहेको प्रवक्ता थोकरले बताए ।

सुन्तलाको बजारीकरण तथा प्रवद्र्धन गर्नका लागि मेलुङ गाउँपालिकाले मङ्सिर २८ र २९ गते दुईदिने सुन्तला महोत्सवसमेत आयोजना गरेको थियो । सुन्तला उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गराउने र मेलुङ सुन्तलाको बजारीकरण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको प्रवक्ता थोकरले बताए । महोत्सवको अवसरमा सुन्तला विज्ञहरुद्वारा किसानलाई सुन्तलाका बारेमा प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरेको थियो ।