१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

जब सिडिओ आफैँ टिकट जाँच गर्न हिँडेपछि…

जब सिडिओ आफैँ टिकट जाँच गर्न हिँडेपछि…
अ अ+ अ-

जाजरकोट । यातायात व्यवसायीले तोकिएको भाडा दरभन्दा बढी असुलेको गुनासो आएपछि सोमबार प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायत सरोकारवालाको टिमले यात्रुहरुको टिकट जाँच आफैं गरेको छ । गाडीभित्र गएर प्रत्येक यात्रुबाट टिकट मागेर बढी रकम फिर्ता गराई सचेत गराएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए । भेरी नगरपालिकाको कुदुमा गएर अनुगमन गर्दा बढी रकम लिएको फेला परेको हो ।

सदरमुकामभन्दा पैदल तीन घण्टा टाढाको दूरीमा रहेको कुदुमा पहिलोपटक प्रमुख जिल्ला अधिकारीलगायतको टोली गएर अनुगमन गरेको पहिलो घटना भएको स्थानीयवासीले बताएका छन् । गाडी चलाउने इन्धनमा समेत बढी शुल्क लिएको, स्थानीय पसलमा म्याद गुर्जेको सामग्री बिक्री वितरण गरेको पाइएपछि उक्त सामग्री नियन्त्रणमा लिएको उनले बताए । सदरमुकामभन्दा बाहिर भएका कारण सबैले ज्यादति गरिरहेको गुनासो बढिरहेको बेला जिल्लाका प्रशासक गाउँमै गएर अनुगमन गर्दा यात्रुहरुले राहतको अनुभव गरेको बताएका छन् ।

यात्रुबाट तोकिएभन्दा बढी भाडा लिएका यात्रुहरुका गाउँमै गएर बसभित्र टिकट जाँच गरिएको प्रहरीले बताएको छ । सदरमुकाममा सबै जिल्लाका प्रमुख हुने भएकाले कम समस्या देखिए पनि गाउँमा ठूलो समस्या भएको स्थानीयवासी बताउँछन् । कसैलाई जानकारी नदिई बसभित्र गएर अनुगमन थाल्नुभएका प्रजिअ पन्त गाडीभित्र गएपछि सबै यात्रुहरु मुखामुखसमेत भएका थिए । बढी भाडा लिएका यातायात व्यवसायीलाई बदमासी नगर्न सचेत गराइएको छ । जिल्लामा एक दर्जन समितिका यातायातका साधन सञ्चालनमा छन् ।