काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले तीनवर्षे कार्यकाल सकिएको छ । आफ्नो तीनवर्षे कार्यकाल पुरा गर्दै पुरी स्वदेश फिर्ता भने १५ पुसमा हुने छन् ।
आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि बिदाइ भेट गरेका राजदूत पुरीले मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले बिदाइ कार्यक्रम आयोजना गरेको थियो ।
अब भारतले नेपालका लागि नयाँ राजदूत पठाउने छ । नेपालका लागि नयाँ भारतीय राजदूतको रूपमा विकास स्वरूप, अखिलेश मिश्रा, गोपाल बगालेलगायतको नाम चर्चामा छ ।