५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

सौराहामा ‘फुड फेस्टिबल’ यही चैत १२ गतेदेखि

सौराहामा ‘फुड फेस्टिबल’ यही चैत १२ गतेदेखि
फाइल फोटो
अ+ अ-

काठमाडाैँ । पर्यटकीय नगरी सौराहामा २० औँ संस्करणको ‘फुड फेस्टिबल’ यही चैत १२, १३ र १४ गते आयोजना हुने भएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहाले महोत्सवको तयारी अन्तिम चरणमा पु¥याइएको जानकारी दिएको छ ।

सौराहाको गैँडाचोकस्थित छत्री स्ट्रिटमा महोत्सव आयोजना गर्न लागिएको रेवानका महासचिव नवीन नेपालले जानकारी दिनुभयो । ‘प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको फेस्टिबलले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

यसअघि प्रणय दिवसका अवसरमा आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम निर्वाचन गतिविधिका कारण स्थगित गरिएको थियो । सुरक्षा, सहभागिता र व्यवस्थापनमा असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै नयाँ मिति तय गरिएको महोत्सवका संयोजक कृष्णप्रसाद खतिवडाले बताए । उन्नाइस वर्षदेखि निरन्तर आयोजना हुँदै आएको सौराहा फुड फेस्टिबलले चितवनको पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

यस वर्षको संस्करणले सुस्ताएको पर्यटन व्यवसायलाई पुनः चलायमान बनाउने र स्थानीय व्यवसायी तथा समुदायमा नयाँ उत्साह थप्ने विश्वास लिइएको छ ।

महोत्सवका प्रमुख आकर्षणहरूमा बहुजातीय झाँकी प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साङ्गीतिक कार्यक्रम, स्थानीय तथा जनजातीय खानाको प्रदर्शनी तथा प्रतियोगिता, साथै ‘वेटर–वेट्रेस’ प्रतियोगिता रहने संयोजक खतिवडाले जानकारी दिनुभयो । महोत्सवका लागि रु ६० लाख खर्च हुने अनुमान गरिएको छ भने महोत्सव अवधिमा करिब रु एक करोड कारोबार हुने अपेक्षा गरिएको छ । दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।