१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

प्राथमिक तहमा ४४० शिक्षक दरबन्दी बढी

प्राथमिक तहमा ४४० शिक्षक दरबन्दी बढी
अ अ+ अ-

पाल्पा । पाल्पाका प्राथमिक तहका विद्यालयमा शिक्षक संख्या पर्यात छन् । तर निम्न माध्यमिक तथा माध्यमिक तहमा भने विद्यार्थीका अनुपातमा शिक्षक छैनन् ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमेशराज पौडेलले पाल्पाको प्राथमिक विद्यालय तहमा ४४० शिक्षकको दरबन्दी बढी भएको बताउनुभयो । शिक्षक सेवा आयोगबाट पास गरी प्रावि तहका २६३ शिक्षक जिल्लामा आएपछि दरबन्दी बढी भएको हो ।

पाल्पामा दुई नगरपालिका र आठ गाउँपालिका छन् । जिल्लाभर २०० प्रावि सञ्चालनमा छन् । विद्यार्थीका अनुपातमा शिक्षक दरबन्दी बढी हुँदा उनीहरुको व्यवस्थापनमा चुनौती थपिएको प्रमुख पौडेलले बताउनुभयो ।

शिक्षा नियमावलीअनुसार पहाडी जिल्लामा एक शिक्षक बरावर ४५ विद्यार्थी अनुपात हुनुपर्ने प्रावधान छ । त्यस्तै हिमाली जिल्लामा एक शिक्षक बरावर ३० विद्यार्थी र काठमाडौँ उपत्यकालगायत तराईका जिल्लामा एक शिक्षक बरावर ५५ विद्यार्थी अनुपात हुनुपर्ने प्रावधान छ ।

पाल्पाका निस्दी गाउँपालिकामा प्रावि तहमा ६० शिक्षकको दरबन्दी बढी रहेको छ । त्यस्तै माथागढी गाउँपालिकामा दरबन्दीभन्दा ४५, रैनादी छहरा गाउँपालिकामा ६४, बगनासकाली गाउँपालिकामा ५६ र रिब्दीकोट गाउँपालिकामा ४४ शिक्षक दरबन्दीभन्दा बढी रहेको बताइएको छ । यसैगरी पूर्वखोला गाउँपालिकामा १५, तिनाउ गाउँपालिकामा २१ र रम्भा गाउँपालिकामा ४९ प्राथमिक तहका शिक्षक दरबन्दीभन्दा बढी रहेका छन् ।

यसैगरी प्रावि तहका रामपुर नगरपालिकामा २१ र तानसेन नगरपालिकामा ६५ शिक्षक दरबन्दीभन्दा बढी देखिएको प्रमुख पौडेलले जानकारी दिनुभयो ।

जिल्लाका समुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्यामा कमी आएको छ । मावि, निमाविभन्दा प्रावि तहका कक्षामा विद्यार्थीको आकर्षण हुन सकेको छैन । शिक्षक सेवा पास गरी आएका नयाँ शिक्षक तथा पुराना शिक्षकले विद्यार्थी आकर्षणका लागि शैक्षिक गतिविधि सञ्चालन नगर्दा प्रावि तहमा विद्यार्थी सङ्ख्या पातलो हुँदै गएको छ । स्थानीय सरकारले शिक्षाको अनुगमनको जिम्मा पाएपनि कर्मचारीको अभावमा अनुगमनलगायतका काम प्रभावित हुँदै आएको छ ।

जिल्लाको निस्दी गाउँपालिकामा हाल प्रावि तहका दरबन्दीका १७३ र राहतका ५० शिक्षक गरी २२३ शिक्षक कार्यरत छन् । माथागढी गाउँपालिकामा १६३ दरबन्दी र १६ राहतका गरी जम्मा १७९ शिक्षकले अध्ययपन गराएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार पाल्पाको रैनादेवीमा २४१, बगनासकालीमा १३९, रिब्दीकोट गाउँपालिकामा १५५, पूर्वखोलमा १४४, रामपुर नगरपालिकामा २२०, तिनाउ गाउँपालिकामा १५०, रम्भा गाउँपालिकामा १४६, तानसेन नगरपालिकामा २०९ प्राविका शिक्षक कार्यरत छन् ।

पाल्पामा हाल प्रावि तहमा एक हजार ५९६ शिक्षक दरबन्दीमा छन् । २०९ जना प्रावि तहमा नै राहतमा कार्यरत रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । हाल जिल्लामा राहत र दरबन्दी गरी प्रावि तहका एक हजार ८०५ शिक्षक कार्यरत रहेको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा २०० प्रावि सञ्चालनमा रहेका छन् । पाल्पामा ८८ निमावि र ११५ मावि सञ्चालनमा रहेका छन् । प्रावि तहमा शिक्षक प्रशस्त रहे पनि निमावि र मावि तहमा शिक्षकको अभाव खड्किएको छ । निमाविमा स्वीकृत दरबन्दी ३२३ र १५८ राहत गरी ४८१ शिक्षक छन् । निमावि तहमा २६८ शिक्षकको अभाव छ । मावि ९ देखि १० कक्षासम्म २४९ र मावि कक्षा ११ र १२ मा ६१ शिक्षक अझै आवश्यक छ ।

निमावि तहमा शिक्षक अभाव हुँदा गुणस्तरीय शिक्षा प्रदानमा चुनौती थपिएको छ । जिल्लामा मावि तथा निमावि तहमा शून्य दरबन्दीमा कक्षा सञ्चालन हुँदै आएको छ । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा कायम गर्न पूर्ण शिक्षक दरबन्दी हुन आवश्यक रहेको शिक्षाविज्ञहरुको भनाइ छ ।