५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

सुनसरीमा हर्सोल्लासका साथ चैती छठ पर्व सम्पन्न

सुनसरीमा हर्सोल्लासका साथ चैती छठ पर्व सम्पन्न
अ+ अ-

काठमाडाैँ । सुनसरीको सदरमुकाम इनरुवासहित विभिन्न स्थानमा श्रद्धा र भक्तिभावका साथ चैती छठ पर्व मनाइएको छ। इटहरी उपमहानगरपालिकाको बुढी खोलादेखि इनरुवा, भोक्राहा, कोसी र हरिनगरलगायत क्षेत्रका जलासय तथा कृत्रिम पोखरीमा भक्तजनको उल्लेख्य उपस्थिति देखिएको थियो।

मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका व्रतालुहरूले बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै पर्वको विधिवत् समापन गरेका छन्। छठको चौथो तथा अन्तिम दिन व्रतालुहरू सूर्योदयअघि नै कम्मरसम्म पानीमा डुबेर सूर्यदेवको आराधनामा तल्लीन देखिन्थे।

भक्तजनहरूले बाँसको डाला र नाङ्लोमा ठेकुवा, भुसुवा, केरा तथा अन्य मौसमी फलफूल सजाएर सूर्यको पहिलो किरणसँगै दूध र जलद्वारा अघ्र्य अर्पण गरेका थिए। अघ्र्य दिएसँगै ३६ घण्टा लामो कठिन निर्जल व्रतको समापन गरिएको छ।

पर्वका अवसरमा घाटहरूलाई झिलिमिली बत्ती र ध्वजापताकाले सिंगारिएको थियो, जसले धार्मिक वातावरणलाई थप आकर्षक बनाएको थियो। सूर्यदेव र छठी माईको पूजा गर्दा पारिवारिक सुख, समृद्धि र आरोग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

कात्तिक महिनामा मनाइने छठजत्तिकै महत्व राख्ने चैती छठ पछिल्ला वर्षहरूमा थप लोकप्रिय बन्दै गएको स्थानीयवासीले बताएका छन्। भक्तजन सुधिर साफीका अनुसार पछिल्ला केही वर्षयता चैती छठ मनाउनेको संख्या उल्लेख्य रूपमा बढेको छ।

यस्तै, स्थानीय नेहा मण्डलले बजार क्षेत्रमा कृत्रिम पोखरी निर्माण गरी तथा नदी, खोला र प्राकृतिक जलासयमा व्रतालुहरूले विधिपूर्वक अघ्र्य अर्पण गरेको जानकारी दिए।