५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

मध्यपूर्व द्वन्द्वको असर कम गर्न एडीबीले ल्यायो विशेष सहायता प्याकेज,गम्भीर सङ्कट आउने चेतावनी

मध्यपूर्व द्वन्द्वको असर कम गर्न एडीबीले ल्यायो विशेष सहायता प्याकेज,गम्भीर सङ्कट आउने चेतावनी
अ+ अ-

काठमाडाैँ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित आर्थिक तथा वित्तीय चुनौतीहरू सामना गर्न एशियाली विकास बैंक (एडीबी) ले आफ्ना विकासोन्मुख सदस्य राष्ट्रहरूका लागि विशेष सहायता प्याकेजको घोषणा गरेको छ ।

अर्थतन्त्रहरूमा परिरहेको तत्कालको चुनौतीहरु व्यवस्थापन गर्न र दीर्घकालीन रुपमा ती देशको अर्थतन्त्रलाई मजबुत बनाउन एडीबीले  प्याकेज घोषणा गरेको हो ।
बैंकका अध्यक्ष मासातो कान्डाले  प्याकेजमार्फत सदस्य राष्ट्रहरूलाई द्रुत रूपमा वितरण हुने बजेट सहायता र अत्यावश्यक वस्तुहरूको आयात सुनिश्चित गर्न सघाउ पुग्ने बताए ।

उनकाअनुसार व्यापार तथा आपूर्ति श्रृंखलालाई सहज पार्न वित्त व्यवस्था उपलब्ध गराइनेछ । विशेष गरी इन्धनको मूल्यमा भएको भारी वृद्धिलाई सम्बोधन गर्न विभिन्न देशका लागि विश्व बैंकले वित्तीय सहयोग उपलव्ध गराउने गर्ने निर्णय गरेको उनले जानकारी दिए।

एडीबीकाअनुसार मध्यपूर्वको तनावका कारण ढुवानी मार्गहरूमा अवरोध आउँदा लागत र समय दुवै बढेको देखाएको छ । यसको प्रत्यक्ष असर ऊर्जा क्षेत्रमा मात्र नभई औद्योगिक कच्चा पदार्थ, पेट्रोकेमिकल्स र रासायनिक मलमा समेत परेको छ, जसले गर्दा कृषि र खाद्य उत्पादनमा गम्भीर संकट आउन सक्ने चेतावनी बैंकले दिएको छ । साथै, पर्यटन र रेमिट्यान्समा निर्भर रहने मुलुकहरूले मुद्रास्फीति र वैदेशिक मुद्रा सञ्चितिमा थप दबाब खेप्नुपर्ने अवस्था सिर्जना भएको छ ।

यस्तो विषम परिस्थितिमा समष्टिगत आर्थिक स्थिरता कायम राख्न बैंकले आफ्नो ‘काउन्टरसाइकलिक सपोर्ट फेसिलिटी’ मार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ । यसले सरकारहरूलाई वित्तीय घाटा कम गर्न र लक्षित वर्गको जीविकोपार्जनमा परेको प्रभाव न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

अध्यक्ष कान्डाका अनुसार, बैंकले गम्भीर रूपमा प्रभावित भएका सदस्य राष्ट्रहरूसँग तत्काल आवश्यक सहयोगबारे छलफल सुरु गरिसकेको छ । ६९ सदस्य राष्ट्र भएको यस बहुपक्षीय विकास बैंकले निजी क्षेत्र र अन्य विकास साझेदारहरूसँग मिलेर गरिब तथा जोखिममा रहेका समुदायको सुरक्षाका लागि एकीकृत रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।