१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

नेपाली सेनाको बृहत् स्वास्थ्य शिविर : गरिबका लागि बरदान

नेपाली सेनाको बृहत् स्वास्थ्य शिविर : गरिबका लागि बरदान
अ अ+ अ-

गौशाला । पित्त थैलीको पथरी एवं पाठेघरको समस्याले वर्षौंदेखि पीडित रहेकी महोत्तरी, रामगोपालपुर–८ विर्ताकी ५५ वर्षीया सावित्रीदेवी ठाकुर आज एकाबिहानै सोनमा गाउँपालिका–३ स्थित खखनामा आयोजित निःशुल्क बृहत् स्वास्थ्य शिविर स्थलमा पुग्नुभयो ।

शारीरिकरुपमा अशक्त एवं रोगबाट थाला परेकी ठाकुर टेम्पु रिजर्भ गरी आफ्ना ६५ वर्षीय श्रीमान् यदुनन्द ठाकुर वरहीसँग नेपाली सेना र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा संयुक्तरुपमा यहाँ आयोजित वृहत् निःशुुल्क स्वास्थ्य शिविरमा उपचारका लागि पुग्नुभयो ।

सावित्रीको उपचारमा सहयोगीको रुपमा आउनुभएका उहाँका श्रीमान् ठाकुरले एकाबिहानैदेखि सहयोगीको रुपमा शिविरस्थलमा खानपिनको व्यवस्थापनमा जुट्नुभएको थियो । ठाकुरले भन्नुभयो, “हामीजस्ता गरिब समुदायका लागि यस्ता शिविरले धेरै नै लाभदायक भूमिका निर्वाह गरेका छन् । गाउँका एकजना साथीको पुरानो पथरीको उपचार यसै शिविरबाट गराउँदा उहाँको स्वास्थ्य अवस्था क्रमिकरुपमा सुधारोन्मुख भएपछि आफू पनि श्रीमतीलाई लिएर उपचार गराउन यहाँ आएको छु ।” आर्थिकरुपमा विपन्न रहेको यदुनन्दले भन्नुभयो, “गाउँकै एकजना साहुसँग रु ५० हजार ऋण लिएर नेपाल र भारतका विभिन्न स्वास्थ्य संस्थामा गई उपचार गराउँदासमेत स्वास्थ्यमा सुधार आउन सकेन । केही दिन अगाडि सीतामढीका एक क्लिनिकमा १२ हजार भारु र जनकपुरमा रु ३० हजार श्रीमतीको उपचारमा खर्च गरेपनि सन्तोषजनक रुपमा स्वास्थ्यमा सुधार हुन सकेको छैन ।”

गौशाला नगरपालिका–५ कि कौशिल्या मेस्तरले पनि सोही शिविरबाट आफ्ना १९ वर्षीय छोरा पिन्टुकुमार मल्लिकको उपचार गराएर घर फर्किएका हुन् । मानसिक रोगीका शिकार रहेका छोरा पिन्टुको उपचारमा लाखौँ खर्चिएता पनि कुनै सुधार नआउँदा एकपटकका लागि सो शिविरबाट औषधि सेवन गर्न लगाइएको कौशिल्याले बताउनुभयो ।

हामी जस्ता गरिब र विपन्न जनताका लागि नेपाली सेनााले निःशुुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर उदाहरणीय कार्य गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तीन दिनको औषधि सेवनले छोरालाई क्रमिकरुपमा सुधार हुँदै आएको छ । पहिले पहिले राति रातिमा उठेर भाग्ने छोरा अब रातिको समयमा मस्त निन्द्रामा सुत्ने गर्दछन् ।”

स्त्री रोगबाट पीडित रामगोपालपुर नगरपालिकाका विष्णुराम पनि आफ्नी श्रीमतीको उपचारका लागि शिविरस्थलमा लाइनमा लागेको भेटिए । आफ्नी ३० वर्षीया श्रीमती देवुदेवी रामको प्रसूूति सम्बन्धी पुरानो रोगको उपचारका लागि हजाराँै खर्चिएको तर निको हुन नसक्दा शिविरमा उपचारका लागि आएको उहाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयको ७० लाख, पूर्वस्वास्थ्य राज्यमन्त्री एवं महोत्तरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य डा सुरेन्द्रकुमार यादव एवं स्थानीय तहको सहयोगमा सञ्चालित सो निःशुल्क शिविरमा अहिले महोत्तरी, धनुषा, सर्लाही, सिन्धुलीका गरिब समुदायका बिरामी उपचारका लागि आउने गरेका छन् ।

वर्षौदेखि उपचारमा हजाराँै रकम खर्चिएता पनि उपचार सम्भव नभएपछि अहिले हजारौँको सङ्ख्यामा पीडित उपचारका लागि शिविरमा आउने गरेको शिविर आयोजक समितिका प्रवक्ता अशोककुमार यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “ उपचारका लागि आउने बिरामीका लागि दर्तादेखि औषधिसम्मको निःशुल्क व्यवस्था भएपछि शिविर स्थानीयवासीको पहिलो रोजाइ बन्न सफल भएको छ । यहाँको सामुदायिक स्वास्थ्य संस्थामा आवश्यक मात्रा चिकित्सक एवं प्राविधिकको व्यवस्था नहुनु एवं निजी स्वास्थ्य संस्थामा हजाराँै रकम खर्च भएपछि बाध्यतावश यहाँका सर्वसाधारण वर्षौंदेखि बिरामी पाल्न बाध्य भएका छन् ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वर्षेनी यस्ता बृहत् स्वास्थ्य शिविरका लागि रु एक करोड रकम छुट्याउँदै आएकोमा यस वर्ष महोत्तरीको सोनमा गाउँपालिकामा शिविर राख्न सफल भएको पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतको समयमा आफूले उपचार गर्ने क्रममा यहाँ खास गरी दलित एवं गरिब समुदायका सर्वसाधारण पैसाको अभावमा रोग पालेर बस्न बाध्य भएको छ । जसलाई अन्त्य गर्नका लागि आफूले जनतासमक्ष गरेको वाचा पूरा गर्न पाएकोमा हर्षित छु ।”

शिविरले यहाँका सर्वसाधारणको स्वास्थ्यमा अहमं भूमिका निर्वाह गरिने शिविर आयोजक मूल समितिका संयोजकसमेत रहनुभएका डा यादवले जानकारी गराउनुभयो ।

मुलुुकको समग्र स्वास्थ्य र शिक्षा क्षेत्रको सूूचाङ्कमा पछि परेका प्रदेश नं।२ का जनतालाई स्थानीय तहमै सहजरुपमा स्वास्थ्य सेवा पुु¥याउने उद्देश्यले सञ्चालित शिविरमा नवजात शिशुदेखि ९० वर्षसम्मका वयोवृद्धाले उपचार लिनुुभएको बताइएको छ । चार दिनको अवधिमा १० हजारभन्दा बढीले उपचार सेवा प्राप्त गर्नुुभएको सो शिविरमा प्रसूूति, बालरोग, दाँत, आकस्मिक सेवा, छाला, नाक, कान, घाँटी, छातीका साथै रेडियोलोजी, प्याथोलोजी, इको, इसिजी सेवा उपलब्ध रहेका छन् ।

गत मङ्सिर २७ गतेदेखि शुरु भएको सो बृहत् निःशुल्क स्वास्थ्य शिविर पुस ५ गतेसम्म सञ्चालन हुनेछ । २० हजार बिरामीको उपचार गरिने लक्ष्य शिविरले लिएको छ ।