• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता: रमेशलाई स्वर्ण ★   गगनलाई गृहमन्त्री लामिछानेको चुनौतिः सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिनुस् राजनीति छोडिदिन्छु ★   उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल ★   दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश ★   बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान ★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ?

प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार खेलाडी कहिले पाउने ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीका लागि घोषणा गरिएको पुरस्कार दिन खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गर्नु पर्ने भएको छ। गत बुधबार प्रधानमन्त्री ओलीले सागका पदकधारी खेलाडीलाई जनही पुरस्कार दिने घोषणा गरेका थिए।

प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार कार्यविधि भन्दा बढी भएकाले संशोधनबिना पुरस्कार दिन नमिल्ने भएको हो।

प्रधानमन्त्रीले सागमा स्वर्ण विजेताका लागि ९ लाख, रजतलाई ६ लाख, कास्यलाई ३ लाख र टिममा स्वर्ण जित्ने खेलाडीका लागि जनही ५ लाख दिने पनि प्रधामन्त्रीले घोषणा गरेका थिए। एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीका लागि एक स्वर्णको ११ लाख दिने प्रधानमन्त्रीको घोषणा थियो। टिममा रजत र कास्य जित्नेका लागि दिने पुरस्कार खुलाइएको थिएन।

गत साता सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी जम्मा २०६ पदक जितेको थियो।

यसअघि २०७२ असार २३ गते स्वीकृत भएको खेलकुद पुरस्कार तथा सम्मान कार्यविधिमा सागका स्वर्ण विजेतालाई ५ लाख, रजत विजेतालाई ३ लाख र कास्य विजेतालाई २ लाख दिने व्यवस्था थियो। यस्तै टिममा स्वर्ण जित्ने खेलाडीलाई जनही २ लाख, रजतलाई जनही १ लाख ५० हजार र कास्यका लागि जनही १ लाख रुपैयाँ दिने कार्यविधिमा उल्लेख छ।

प्रधानमन्त्रीले सागका पदक विजेतालाई बढाएर पुरस्कार घोषणा गरेसँगै खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासहित राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीले बैठक बस्दै कार्यविधि संशोधन गर्ने प्रक्रिया अघि बढाएका छन्।