१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

छोराछोरी जस्तै प्यारा बिरुवा हुर्काउँदै नेपाली सेना

छोराछोरी जस्तै प्यारा बिरुवा हुर्काउँदै नेपाली सेना
अ अ+ अ-

काठमाडौं । “छोराछोरी हुर्काउनभन्दा यसलाई धेरै मेहनत लागेको छ । यो त अझै सानो छ, ठूलो बनाउन त अझै धेरै समय लाग्छ”, नेपाली सेनाका हवल्दार यमबहादुर गिरी बताउनुहुन्छ । नेपाली सेनाको मकवानपुरस्थित राजदमार बेसक्याम्पमा गिरीलगायतको समूह हरेक बिहान तिनै साना बिरुवा हुर्काउन जुट्छ ।

“देशको सेवामा जुट्दा घर परिवार हेर्न पाइएन भन्ने कुनै गुनासो छैन, यी पनि आफ्नै छोराछोरीजस्तै लाग्छन् । यी साना बिरुवाले पानी पाएनन् कि, ओइलाएकी भन्ने चिन्ता लागिरहन्छ । किराले खालान् भन्ने उस्तै डर पनि छ”, पानी छरिरहनुभएका हवल्दार गिरीले भन्नुभयो, “आफँैले ल्याएर उमारेका यी बिरुवा राम्रोसँग हुर्के भने मेरा लागि त्यो नै सबैभन्दा ठूलो खुशी लाग्ने विषय बन्न सक्छ ।”

नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ-तराई मधेश द्रुतमार्गको सडक क्षेत्रमा पर्ने रुख तथा बिरुवा काटिएका छन् । त्यही काटिएका रुखको सट्टामा रोप्नुपर्ने बिरुवा हुर्काउने काममा नेपाली सेनाका प्रमुख सेनानी सुशीलकुमार कार्कीको नेतृत्वमा एउटा टोली नै परिचालित छ ।

सेनाको ८ नं बेस क्याम्प राजदमार र १० नं निजगढमा नर्सरी नै तयार गरिएको छ । नर्सरीमा केही भर्खर उम्रिएका बिरुवा छन् भने केही अन्यत्र सार्न लैजान ठिक्क भएका छन् । ती बिरुवा हुर्काउन खटिएका सेनाका प्रमुख सेनानीदेखि सिपाहीसम्मले आफूले रोपेको, पानी छिटेको र स्याहारसुसार गरेका बिरुवालाई आफ्ना सन्तानभन्दा बढ्ता माया गरेका छन् ।

“हाम्रा लागि यी बिरुवा छोराछोरीभन्दा कुन अर्थमा कम छन् । यी हुर्कदै जाँदा लाग्छ, मेरो घरमा पनि मेरा सन्तान यसैगरी बढिरहेका छन्”, नर्सरीमा काम गरिरहेका गिरीले रासससँको कुराकानीमा भन्नुभयो, “मेरा लागि त यी प्राणभन्दा प्रिय छन् ।” ठूला विकास निर्माणको काम अगाडि बढाउँदा निश्चितै रुपमा रुख बिरुवा काटिन्छन् । त्यसको सट्टामा बिरुवा रोप्नैपर्छ, वातावरणीय सन्तुलनका लागि ।

देशकै पहिलो र महत्वाकांक्षी परियोजनाको रुपमा रहेको द्रुतमार्गमा हालसम्म १७ हजार ९४९ र भविष्यमा पुल तथा सुरुङ निर्माणको क्रममासमेत हटाउनुपर्ने रुख सङ्ख्या दुई हजार ७० रहेका छन् । ती बिरुवा काटिएपछि एक रुख बराबर २५ बिरुवा रोप्नुपर्ने वन तथा भूसंरक्षण विभागबीच समझदारी भएको छ । सोही समझदारीलाई कार्यान्वयन गर्ने लक्ष्यसाथ सेनाले ७ नं बेसक्याम्प अर्थात राजदमार बेसक्याम्प र निजगढ बेसक्याम्पभित्र दुई वटा नर्सरीमा बिरुवा हुर्काइरहेको छ ।

राजदमारमा मात्रै खयर ४० हजार ५९५ वटा , इपिलइपिल १५ हजार ३५५ वटा, सिमल सात हजार ८९५, सिसौ चार हजार ५२०, अमला ५५, अन्य एक हजार ५०० गरी कूल ७० हजार ४२० बिरुवा तयार पारिएको छ । सो बेसक्याम्पमा मात्रै कूल ७० हजार ४२० बिरुवा हुकर्ने चरणमा छन् ।

यस्तै निजगढ बेसक्याम्पको नर्सरीमा मात्रै टिक ४९ हजार ४००, खयर ३६ हजार, सिमल चार हजार ५००, सिसौ दुई हजार २००, अमला एक हजार ५००, निम ६००, बेल ५०० र अन्य एक हजार गरी कूल एक लाख १० हजार ७०० वटा बिरुवा नर्सरीमा हुर्कने क्रममा छन् । सेनाले दुई वटा बेसक्याम्पमा गरी कूल एक लाख ८१ हजार १२० बिरुवा अन्यत्र सार्न तयार हुने क्रममा छन् ।

सेनाको अनुशासन पनि छँदै छ, त्यसमाथि अपनत्व भएपछि छोटै समयमा विभिन्न प्रजातिका बिरुवा हुर्काउन सकिँदो रहेछ भन्ने पुष्टि सेनाले स्वयं गरेको छ । राजदमार क्याम्पमा नै कार्यरत सिपाही रञ्जित विकले पनि अन्य सहकर्मीसँगै बिरुवाको स्याहारसुसारमा हुनुहुन्थ्यो । कतिको गाह्रो छ बिरुवा हुर्काउन राससको प्रश्नमा उहाँले भन्नुभयो, “गाह्रोभन्दा पनि हामी सबैको मेहनत परेको छ । यी बिरुवा बढ्दै गएका छन्, मलाई पनि खुशी दिएको छ ।” मानिसका मात्रै नभई हरेक जीवजन्तुका पनि साना बच्चा धेरैलाई राम्रा लाग्छन् । सेनाको रेखदेखमा उमारिएका विभिन्न प्रजातिका बिरुवा पनि त्यस्तै राम्रा र आकर्षक छन् ।

निजगढ बेसक्याम्पमा साना बिरुवामा पानी हाल्दै गर्नुभएका हुद्दा नवराज अर्याललाई पनि नर्सरीमा काम गर्दा खुशी लाग्छ । “हरेक दिन बिहानैदेखि हामी यही बिरुवालाई पानी हाल्न खटिन्छौँ, कर साप ९प्रमुख सेनानी० पनि हामीसँगै खटिनुहुन्छ, मेहनत परेको हरेक काम आफ्नै हुन्छ नि होइन र रु” अर्यालले भन्नुभयो । सेनाले इपिल, मलेसियन साल, बेल अमला, खयर, सिमल र छिटो बढ्ने बिरुवा हुर्काइरहेको छ । आवश्यकताअनुसार थप बिरुवा पनि उत्पादन गर्ने लक्ष्य राखिएको प्रमुख सेनानी कार्कीले जानकारी दिनुभयो ।

सेनाले डिभिजन वन कार्यालयबाट उपलब्ध हुने ३१५ हेक्टर सरकारी खाली जग्गाका प्लटलाई आवश्यक फेन्सिङ, सिँचाइ तथा संरक्षणको व्यवस्था गरी आगामी पाँच वर्षभित्र बिरुवा हुर्काइ सम्बन्धित वन डिभिजनलाई हस्तान्तरण गर्ने योजना बनाएको छ । सेनाले त्यसका लागि आवश्यक तयारीस्वरुप नर्सरीमा बिरुवा हुर्काइरहेको हो ।

केही समय पहिले सेनाले बारा जिल्लाको कोल्हवी नगरपालिका–८ मा रहेको सहजनाथ साझेदारी वन क्षेत्रमा रहेको ५।६१ हेक्टर खाली क्षेत्रमा पाँच हजार वटा सिमल, शिरीष तथा जामुनको बिरुवा रोपी रेखदेख गरिरहेको छ । गत असोजमा सरकारले सञ्चालनमा गरेको वृक्षरोपण अभियान कै क्रममा ती बिरुवा रोपिएको थियो । यस्तै यही पुस महिनामा पनि बाराकै निजगढ नगरपालिको नागमणि र कछडिया सामुदायिक वन क्षेत्रको ७० हजार खाली जग्गामा एक लाख १० हजार बिरुवा रोप्नका लागि प्रक्रिया शुरु भएको प्रमुख सेनानी कार्कीको भनाइ छ । सेनाले सरकारको आग्रहमा फलफूलका बिरुवासमेत रोप्ने योजना बनाएको छ ।

नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीका अनुसार द्रुतमार्ग आयोजनामा बिरुवा काट्ने मात्रै नभई संरक्षणमा समेत सेना लागेको छ । “हामीले सरकारले तय गरेको नीतिअनुसार नै एक रुख काट्दा २५ बिरुवा रोप्ने लक्ष्यका साथ काम गरिरहेका छौँ”, सोही लक्ष्य पूरा गर्न नर्सरी नै तयार पारेर बिरुवा हुर्काइएको छ ।” नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्गमा सडकखण्डको काम चालू आवको अन्त्यसम्म कालोपत्र गर्न सकिने बनाइने छ । यस्तै पुल तथा सुरुङमार्ग निर्माणका लागि प्राविधिक तयारी भइरहेको प्रमुख सेनानी पहाडीको भनाइ छ ।