२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
अ अ+ अ-

सिरहा। सिरहाको गोलबजार नगरपालिकाबाट प्रहरीले अवैध लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका–५ बस्ने २५ वर्षीय अनिल चौधरी र लहान नगरपालिका–१ भाइरलबावा टोल घर भई हाल गोलबजार–४ निपानेस्थित ससुराली घरमा बस्दै आएका ३३ वर्षीय बलिराम महतो रहेका छन् ।

सोमबार राति गोलबजार–४ निपाने टोलस्थित पूर्व–पश्चिम लोकमार्ग सडक छेउमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारको संयुक्त टोली परिचालन गरिएको थियो ।

प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेका अनिल चौधरीलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको ज्याकेटको खल्तीबाट एक ग्राम खैरो हेरोइन फेला पारेको थियो । प्रहरीसँगको सोधपुछका क्रममा चौधरीले उक्त पदार्थ आफूलाई बलिराम महतोले बिक्री गर्न दिएको बयान दिएका थिए ।

चौधरीको बयानका आधारमा प्रहरी टोली राति नै बलिराम महतो बसिरहेको निपानेस्थित उनको ससुराली घर पुगेको थियो । घर खानतलासी गर्दा दराजमा लुकाइछिपाइ राखेको अवस्थामा १० ग्राम २५० मिलिग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रहरीले महतोको साथबाट नगद रु २० हजार ३१०, ओप्पो मोबाइल एक थान, चुरोट पाँच थान, लाइटर दुई थान र ब्लेडका टुक्रा दुई थानसमेत बरामद गरेको छ । दुवै जनाको साथबाट जम्मा ११ ग्राम २५० मिलिग्राम खैरो हिरोइन बरामद गरी उनीहरूलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिनुभयो ।  रासस