१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

उत्कृष्ट विद्यार्थी पुरस्कृत

उत्कृष्ट विद्यार्थी पुरस्कृत
अ अ+ अ-

काठमाडौं । नेपालका लागि पाकिस्तानी दूतावासले आयोजना गरेको निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिताका उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका छन्। पुरस्कार वितरण समारोहका प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री जगत्बहादुर सुनुवार (विश्वकर्मा) ले दुवै प्रतियोगिताका सर्वोत्कृष्ट छात्रछात्रालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो। पाकिस्तान(नेपाल फ्रेन्डशीप एण्ड कल्चरल एशोसिएसनका अध्यक्ष हिमालय शमशेर राणा कार्यक्रमका विशेष अतिथि हुनुहुन्थ्यो।

‘समावेशीभन्दा प्रतिस्पर्धात्मक सहभागिता सफलताको सूत्र’ विषयक वक्तृत्वकलामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेले क्रमशः ५० हजार, ४० र ३५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे। त्यसैगरी प्रतियोगिताका अन्य १२ उत्कृष्ट विद्यार्थीले पनि जनही ५ हजार रुपियाँ पुरस्कार पाए। त्यस्तै, ‘रेशम मार्गः विगत, वर्तमान र भविष्य’ विषयक निबन्ध लेखन प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीयले ४०, तृतीयले ३५ र सान्तवना स्थान प्राप्त गर्नेले २५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन्। निबन्ध लेखन प्रतियोगिताका अन्य १० उत्कृष्ट विद्यार्थीलाई पनि जनही ५ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको दूतावासले जनाएको छ। दूतावासले हरेक वर्ष आयोजना गर्दै आएको निबन्ध लेखन प्रतियोगिता यसपटकको आठौं र वक्तृत्वकला चौथो संस्करण हो।
मुलुकभरका एक हजारभन्दा बढी विद्यार्थीबाट उत्कृष्ट विद्यार्थी छनोट गरिएको र दुवै प्रतिस्पर्धामा कक्षा १२ देखि विश्वविद्यालय तहका छात्रछात्रा सहभागी भएका दूतावासले जनाएको छ।कार्यक्रममा बोल्दै खेलकुदमन्त्री विश्वकर्माले यस्ता प्रतियोगिताबाट दुवै मुलुकको सम्बन्धलाई नजिक्याउन सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यसै गरी नेपालका लागि पाकिस्तानी राजदूत डा। मजार जावेदले दुवै मुलुकको सम्बन्ध र राष्ट्र निर्माणमा युवाको भूमिकाकाबारे चर्चा गर्नुभयो।