१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेनिस खेलाडी छनोट



अ+ अ-

काठमाडौँ। आइटिएफ एसिया यु–१२ टिम कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रीय छनोट) का लागि नेपालबाट छ खेलाडी छनोट भएका छन् ।

नेपाल टेनिस सङ्घको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आज भएको छनोट प्रतियोगिताबाट तीन पुरुष र तीन महिला खेलाडी छनोट भएका हुन् ।

छनोट हुनेमा पुरुषतर्फ आरित मल्ल, सभ्यजङग कार्की र सहंश बस्नेत तथा महिलातर्फ सारा पन्त, आर्या पौडेल र नायरासि घले रहेकी छन् । पुरुषमा सात र महिलामा छ खेलाडी छनोटमा सहभागी भएका थिए ।

प्रतियोगिता अप्रिल १३ देखि १७ तारिखसम्म सातदोबाटोस्थित टेनिस कम्प्लेक्समै हुने सङ्घका कार्यालय सचिव प्रवीण देवकोटाले जानकारी दिनुभयो । रासस