१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

सुदूरपश्चिम प्रदेशमा छैनन्, लैङ्गिकमैत्री शौचालय

सुदूरपश्चिम प्रदेशमा छैनन्, लैङ्गिकमैत्री शौचालय
अ अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा लैङ्गिकमैत्री शौचालय निर्माण नहुँदा समस्या हुने गरेको छ ।

यहाँका जिल्लामा भएका सार्वजनिक शौचालय लैङ्गिकमैत्री नभएको पाइएको हो । सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली तथा यहाँका अन्य पहाडी जिल्लाका सदरमुकाममा निर्माण गरिएका सार्वजनिक शौचालयमा पुरुष र महिला समावेश गरिएको भए पनि महिला समलिङ्गी, पुरुष समलिङ्गी, तेस्रो लिङ्गी र अन्तरलिङ्गीका लागि त्यस्ता सार्वजनिक शौचालय कुनै ठाउँमा निर्माण नभएको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “लैङ्गिकमैत्री शौचालय भनेर केबल पुरुष र महिलालाई मात्र समावेश गरी निर्माण गरेका छन्, तर, थर्ड जेन्डर महिला र पुरुषका लागि भनेर छुट्टै किसिमका शौचालय अहिलेसम्म कुनै पनि ठाउँमा निर्माण भएका छैनन् ।”

समलिङ्गीका लागि कस्तो शौचालय बनाउने भन्ने खबर तथा जानकारी नभएको र त्यस्तो विषयमा कुनै पनि सङ्घसंस्था र व्यक्तिबाट पनि आजसम्म आवाज नआएकाले लैङ्गिकमैत्री शौचालय निर्माण गर्न नसकिएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिनुभयो ।

लैङ्गिकमैत्री शौचालय नहुँदा यहाँका कतिपय यस्ता वर्गलाई शौच गर्नमा समस्या हुने गरेको डोटी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नरेन्द्रबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “लैङ्गिकमैत्री शौचालय नहुँदा यहाँका कतिपय त्यस्ता वर्गलाई समस्या भएको छ, जो चाहेर पनि समाजमा भन्न सकिरहेका छैनन् ।”

देशका अन्य स्थानमा त्यस्ता लैङ्गिकमैत्री शौचालय बनेका भए पनि सुदूरपश्चिम प्रदेशमा लैङ्गिकमैत्री शौचालय निर्माण गर्नमा खासै कसैले चासो नदेखाएको सामुदायिक विकास मञ्च डोटीका पूर्वअध्यक्ष भक्तबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशले पनि लैङ्गिकमैत्री शौचालय निर्माण गर्नुपर्छ, यसले गर्दा त्यस्ता वर्गलाई सहयोग पुगोस् ।”

विसं २०६४ मा नेपालगञ्जलगायता पश्चिमी क्षेत्रमा लैङ्गिकमैत्री शौचालय निर्माण कार्यको थालनी गरिएको जानकारहरु बताउँछन् । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा लैङ्गिकमैत्री शौचालय निर्माण गरिनुपर्ने स्थानीयवासीले माग गर्दै आएका छन् ।