• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता: रमेशलाई स्वर्ण ★   गगनलाई गृहमन्त्री लामिछानेको चुनौतिः सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिनुस् राजनीति छोडिदिन्छु ★   उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल ★   दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश ★   बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान ★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ?

शिक्षक नियुक्ति गर्न खुल्यो बाटो



काठमाडौं । स्थानीय तहलाई करार शिक्षक नियुक्ति गर्न बाटो खुल्ला भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहलाई करार शिक्षक नियुक्ति गर्न बाटो खोलिदिएको हो।

मंगलबार मन्त्रालयले सूचना जारी गरी जिल्लाभित्रका रिक्त शिक्षक दरबन्दीमा सरुवा वा करारमा शिक्षक नियुक्ति गरी पदपूर्ति गर्न फुकुवा गरेको हो।

यसअघि मन्त्रालयले गत कात्तिक २४ गते शिक्षकहरूको स्थायी नियुक्ति तथा पदस्थापना र दरबन्दी मिलानको कार्य सम्पन्न नभएसम्मका लागि शिक्षकहरूको सरुवा तथा करारमा शिक्षक नियुक्ति नगर्न स्थानीय तहलाई निर्देशन दिएको थियो।