३ भाद्र २०८३, बुधबार
,
Latest
देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा



अ+ अ-

काठमाडाैँ । इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले निन्दा गरेका छन्।

संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा इजरायलले लगभग दैनिकजसो आक्रमण गर्ने गरेकाले निर्दोश प्यालेस्टाइनीहरुको मृत्यु हुने, घाइते हुने र सम्पत्तिको क्षतिको साथै विस्थापन सामना गर्नु परेको जनाएका छन् ।

प्रवक्ताले महासचिवको भनाइलाई दोहोरÞ्याउदै यस क्षेत्रमा रहेका इजरायली बस्तीहरू र तिनीहरूसँग सम्बन्धित पूर्वाधारको–कुनै कानुनी वैधता नभएको र यीनीहरु संयुक्त राष्ट्रका प्रस्तावहरू सहित अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनको खिलाप यस क्षेत्रमा स्थापीत भएको उल्लेख गरेका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले वेस्ट ब्याङ्कको चिन्ताजनक अवस्थालाई तत्काल कम गरी यस क्षेत्रका नागरिक र उनीहरूको सम्पत्तिमा हुने आक्रमणको अन्त्य गर्न सम्बन्धित निकायलाई आह्वान गरेका छन् ।