१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

पाथीभरा र हलेसी मन्दिर दर्शन अब हवाई सेवामार्फत जोडिँदै

पाथीभरा र हलेसी मन्दिर दर्शन अब हवाई सेवामार्फत जोडिँदै
अ अ+ अ-

ताप्लेजुङ । पूर्वमा निजी हवाई सेवा कम्पनीले प्याकेज नै बनाएर हवाई सेवा शुरु गरेपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु हवाई सेवामार्फत जोडिएका छन् । सीता एयर र माउण्टेन एयरले आपसी सहकार्य गरी झापाको भद्रपुर र विराटनगरबाट ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, खोटाङको हलेसी, लुक्लालगायतका ठाउँमा हवाई सेवा शुरु गरेपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्र हवाई सेवामार्फत जोडिएका हुन् । सीता एयरले आइतबारदेखि दैनिक भद्रपुर–ताप्लेजुङ सिधा उडान शुरु गरेको छ ।

यस्तै लामीडाँडा, लुक्लामा समेत उडान भइरहेको माउण्टेन हेलिकप्टर प्रालिका महाप्रबन्धक दिलबहादुर वलीले जानकारी दिए । उनका अनुसार पाथीभरा र हलेसी दर्शनको प्याकेज नै बनाइएको छ । भद्रपुर र विराटनगरबाट रु २३ हजारमा पाथीभरा आवतजावत गर्न सकिन्छ । भद्रपुर र विराटनगर दुवै ठाउँबाट सीता एयरले सुकेटार विमानस्थलसम्म दैनिक उडान भर्नेछ भने सुकेटारबाट माउण्टेन एयरको हेलिकप्टरले दर्शनार्थीलाई मन्दिरसम्म लगेर पुनः सुकेटारमा ल्याउने छ ।

पाथीभराको दर्शनपछि सुकेटारबाट यात्रुले भद्रपुर, विराटनगर नभई लुक्लासमेत जान पाउनेछन् । हवाई सेवा शुरु भएपछि लुक्लाबाट समेत पाथीभरामा दर्शनार्थी आउन थालेका छन् । यस्तै हलेसी दर्शनको समेत रु २३ हजारको प्याकेज बनाएर उडान भर्न थालिएको बताइएको छ । यस्तै माउण्टेन हेलिकप्टरले धरानको भेँडेटारबाट समेत पाथीभरा उडान शुरु गरेको छ । भेँडेटारबाट पाथीभरासम्मको ओहोरदोहोर भाडा रु ३० हजार छ । हवाई सेवाले तीर्थयात्रीलाई मात्रै नभई अन्य यात्रुलाई समेत सहज बनाएको छ । सीता एयरको विमान बिहान भद्रपुरबाट सुकेटार र सुकेटारपछि लुक्ला हुँदै काठमाडौँ जानेछ ।

पुनः काठमाडौँबाट लुक्ला हुँदै सुकेटार आई भद्रपुर वा विराटनगर फर्कने बताइएको छ । प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र रहेको पूर्वमा पर्यटकको आकर्षण बढ्दै गएको र यहाँ रहेका दर्जनौँ विमानस्थलमा हवाई सेवा नभएकाले यस क्षेत्रमा हवाई सेवा सञ्चालनमा ल्याइएको बताइएको छ । यसले पर्यटन वर्षलाई सफल बनाउनसमेत सहयोग पुग्ने हवाई सेवा कम्पनीहरुको विश्वास छ ।

यता सुकेटार विमानस्थलबाट नियमित उडान शुरु भए पनि स्थानीयवासीले तराईका भू–भागसहित काठमाडौँसम्मको यात्रामा सहज हुने विश्वास लिएका छन् । यस्तै पर्यटकको सङ्ख्यामा समेत वृद्धि भई पर्यटन प्रर्वद्धन हुनुका साथै जटिल प्रकृतिका बिरामीको उद्धारमा समेत सहयोग पुग्ने उनीहरुको भनाइ छ । पूर्वका सबै विमानस्थलमा हवाई सेवा नियमित बने भारतको सिक्किम, दार्जलिङलगायतका पर्यटकलाई समेत सहज हुने देखिएको छ ।