१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अञ्जन श्रेष्ठको कार्यकाल अभूतपूर्व हुनेछ, उनले रोजेको टिमलाई जिताऔंः शेखर गोल्छा



अ+ अ-

काठमाडौँ।  नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्वअध्यक्ष शेखर गोल्छाले आगामी अध्यक्ष अञ्जन श्रेष्ठको कार्यकाल महासंघका लागि अभूतपूर्व हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उम्मेदवारी घोषणा कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै गोल्छाले श्रेष्ठ एक प्रभावशाली र शाहसी उद्यमी भएको बताउनु भयो । गोल्छाले महासंघमा नेतृत्व परिवर्तनको नयाँ परिपाटी शुरु हुन लागेको सन्दर्भमा अब आउने नेतृत्वलाई बलियो बनाउनु सबैको जिम्मेवारी भएको उल्लेख गर्नुभयो । उहाँले अध्यक्षलाई सफल बनाउन उहाँले चाहेको सहयात्रीहरु (टिम) हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अञ्जन जी एकदमै प्रभावशाली व्यक्तित्व हुनुहुन्छ । एउटा डेयरिङ्ग उद्योगी व्यवसायी हुनुहुन्छ । उहाँले नयाँ नयाँ क्षेत्रमा प्रवेश गरेर आफूलाई सफल व्यवसायीको रुपमा प्रस्तुत गर्नुभएको छ।

उहाँको कार्यकाल महासंघका लागि अभूतपूर्व हुनेछ । नयाँ सरकार बन्दा प्रधानमन्त्रीले आफूले रोजेका मन्त्रीहरु पाएपछि मात्र कार्यकाल सफल हुन्छ ।

त्यस्तै, अञ्जन जीलाई सफल अध्यक्ष बनाउन उहाँले चाहनुभएको टिमलाई जिताएर ल्याउन म सबैलाई आग्रह गर्दछु ।’ गोल्छाले लामो समयपछि देशभरका उद्योगी व्यवसायी साथीहरुसँग प्रत्यक्ष संवाद गर्न पाउँदा खुशी लागेको समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल