१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

३९ वर्षअघि रोपेको सुन्तलाको एउटै बोटले कमायो २७ हजार

३९ वर्षअघि रोपेको सुन्तलाको एउटै बोटले कमायो २७ हजार
अ अ+ अ-

बागलुङ । यो त्यही सुन्तलाको बोट हो, जसलाई टोपबहादुर खड्काले ३९ वर्षअघि रोप्नुभएको थियो । चार दिन लगाएर गुल्मी, भाडगाउँबाट ल्याएको बोटमा योपालि ४५० किलो सुन्तला फल्यो । गाउँमा चलेको मूल्य अनुसार त्यही एउटै बोटले रु २७ हजार कमाइ दियो ।

बजारसम्म आइपुग्दा सुन्तलाको मूल्य अझ बढ्छ । बगैँचाबाटै किन्दा भने प्रतिकिलो रु ५० देखि ६० सम्म पर्छ । “तीन–चार रोपनीको अन्नबालीलाई एउटै बोटको सुन्तलाले जित्यो”, बागलुङ नगरपालिका–८ सिगानाका खड्काले भन्नुभयो, “यो वर्ष ३० प्रतिशतभन्दा बढीले सुन्तला उत्पादन बढेको अनुमान छ ।”

दुई वर्षअघि सोही बोटमा जम्मा ३०० किलो सुन्तला फलेको उहाँको भनाइ छ । “सुन्तला बाक्लो फल्यो, टेकै लगाएर अडाउनुपर्यो, केही बोटका त हाँगै भाँचिए”, खड्काले भन्नुभयो, “मौसम राम्रो पर्यो, पानी, मल व्यवस्थापन र रेखदेखमा पनि ध्यान दियौँ ।”

खड्काले विसं २०३७ मा १०० बिरुवाबाट व्यावसायिक सुन्तलाखेती शुरु गर्नुभएको थियो । उहाँको बगानमा अहिले नयाँ पुराना गरी २०० सुन्तलाका बोट छन् । सबै बोटमा गरी यो वर्ष चार टन सुन्तला फलेको खड्काले बताउनुभयो । उहाँका अनुसार सुन्तलाबाट वार्षिक पाँच लाखसम्म कमाइ हुन्छ ।

खड्काले ‘सेलर स्टोर’ मा भण्डारण गरी पछिसम्म सुन्तला बेच्नुहुन्छ । त्यही सुन्तला माघ, फागुनमा बेच्दा प्रतिकिलो रु १०० सम्म पर्छ । ३९ वर्षअघि सुन्तलाखेती गर्ने गाउँकै एक्लो किसान हुनुहुन्थ्यो, खड्का । अन्नबाली छाडेर सुन्तला लगाउँदा कतिले त उहाँको खिस्सी पनि गरे । सुन्तलाले व्यावसायिक सफलता दिलाउला भनेर कमैले सोचेका थिए तर, अहिले खड्का एक्लो हुनुहुन्न ।

गाउँका झण्डै १५० किसान सुन्तलाखेतीमा लागेका छन् । यतिखेर सिगाना ‘सुन्तला गाउँ’ ले चिनिन थालेको छ । वडाअध्यक्ष राजन केसीका अनुसार सिगानामा झण्डै एक हजार रोपनीमा व्यावसायिक सुन्तलाखेती छ । “अहिले फल दिने बोट १२ हजार बढी छन्, बढाएर २५ हजार पु¥याउने लक्ष्य छ”, उहाँले भन्नुभयो ।

वडाले किसानलाई वर्षेनी निःशुल्करुपमा बिरुवा उपलब्ध गराउँदै आएको छ । वडास्तरीय कृषि समितिले यो वर्ष रु दुई करोड बराबरको सुन्तला निर्यात हुने आकलन गरेको छ । गत वर्ष रु ८२ लाखको सुन्तला सिगानाबाट बाहिरिएको थियो । फल लाग्ने बेला असिनाले चुटेपछि अघिल्लो वर्ष सुन्तला उत्पादन घटेको थियो ।

काठमाडौँ, चितवन, पोखराजस्ता ठूलठूला शहरबाट आउने व्यवसायीले सिगानाका सुन्तला खरिद गर्छन् । व्यवसायीले किसानबाट बगैँचै ठेक्कामा समेत किन्छन् । ४० बोटमा फलेका सुन्तला रु ७० हजारमा एकमुष्ठ ठेक्कामा बेचेको किसान डिलबहादुर खड्काले बताउनुभयो । “गत वर्ष रु। ५० हजारमा बेचेको हो, अहिले फल बढी लागेकाले ठेक्काको मूल्य बढ्यो”, उहाँले भन्नुभयो ।

साना डोके व्यापारीले पनि किसानसँग किनेर बजारमा ल्याइ बेच्ने गरेका छन् । सिगानामा वर्षेनी सुन्तलाखेती विस्तार हुँदै गएको छ । प्राविधिक र व्यवस्थापकीय सहयोग भएमा सुन्तलाखेती अझै बढाउने सोचमा किसान छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ‘सुन्तला जोन’ कार्यक्रममा सिगाना पनि समावेश छ ।

सुन्तलाको उत्पादन वृद्धि र बजारीकरणमा सहयोग पुग्ने गरी परियोजना सञ्चालन भइरहेको छ । सन्तुलाखेतीका लागि सिगाना उर्बर मानिन्छ । किसानले कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट समेत सहयोग पाएका छन् । आयोजनाको रु १० लाख अनुदानमा स्थानीय सिर्जना बहुउद्देश्यीय कृषक समूहले सुन्तला भण्डारणका लागि ‘सेलर स्टोर’ बनाएको छ ।

अन्नबालीभन्दा सुन्तलाखेती गर्दा नगद आम्दानी हुन थाले पनि किसान सुन्तलाखेतीतर्फ आकर्षित हुँदै गएका हुन् । सिगानासँगै बिहुँ, तित्याङ, दमेकलगायतका ठाउँ सुन्तलाखेतीका लागि ‘पकेट’ मानिन्छन् । जिल्लामा करिब पाँच हजार हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको छ ।