३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानको काबुलमा छात्राको आक्रोश: “विद्यालय खोल, हाम्रो भविष्य जोगाउ”



अ+ अ-

काठमाडाैँ । अफगानिस्तानको राजधानी काबुलमा महिला विद्यार्थीहरूले इस्लामिक इमिरेट्सको प्रतिबन्ध अन्तर्गत बन्द रहेका विद्यालय र शैक्षिक संस्थाहरू पुनः खोल्नका लागि अपिल गरेका छन् ।

उनीहरुले अधिकारीहरूलाई वालिकाहरुलाई आफ्नो शिक्षा पुनः सुरु गर्न अनुमति दिन आग्रह गर्दै विद्यालय तथा शैक्षिक संस्थाहरु खोल्न र शिक्षाको अवसर दिन अनुरोध गरेका हुन । विद्यालय जाने अवसरको अभावले आफ्नो भविष्य खतरामा परेको भन्दै उनीहरूले शैक्षिक सुविधाहरू निरन्तर बन्द भएकोमा गहिरो निराशा व्यक्त गरेका छन् । पछिल्लो समयमा अफगानिस्तानमा वालिकाहरूको शिक्षामा लगाइएको प्रतिबन्धले अन्तर्राष्ट्रिय निकायको ध्यान खिचेको र मानव अधिकार सङ्गठनहरूले चर्को आलोचना गरी रहेको समयमा उनीहरूको यस्तो आग्रह आएको हो ।

महिला अधिकारकर्मीहरूले पनि यो परिस्थितिलाई मौलिक अधिकारको उल्लङ्घनको रूपमा वर्णन गर्दै अफगान जनताको हितको लागि विद्यालय र विश्वविद्यालयका ढोका सकेसम्म चाँडो खोल्नुपर्ने बताएका छन् । अफगानिस्तानमा राजनीतिक परिवर्तन पछि, वालिकाहरूको शिक्षामा व्यापक प्रतिबन्ध लगाइएको थियो, जसका कारण धेरैका लागि विद्यालय र विश्वविद्यालयहरूको ढोका बन्द रह्यो ।

अन्तर्राष्ट्रिय मानव अधिकार सङ्गठनहरूले बारम्बार शिक्षामा पहुँच मौलिक मानव अधिकारको विषय भएको विषयमा जोड दिदै वालिकाहरुलाई यस अधिकारबाट वञ्चित गर्नाले अफगान समाजमा दीर्घकालीन रुपमा प्रतिकूल प्रभाव पार्न सक्ने चेतावनी दिएको छ ।