• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   अमेरिकामा बढ्दो गर्मीका कारण ११ जना अस्पताल भर्ना ★   काभ्रेमा एघार जनाको नक्कली नागरिकता रद्द ★   काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनबारे प्रधानमन्त्री र मेयर्स फोरमको छलफल ★   म पनि एउटा सहकारी पीडित हुँ – प्रधानमन्त्री ★   मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन–२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौः मन्त्री चौधरी ★   बाबर आजमले पछि पारे विराट कोहलीलाई ★   राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय कारोबार सम्झौता ★   बाल मन्दिर जग्गा प्रकरणः बाल संगठनका तत्कालीन अध्यक्ष श्रेष्ठ पक्राउ ★   मुख्यमन्त्री सतिसकुमारद्वारा १४ सदस्यीय मन्त्रीपरिषद् गठन ★   बालेनलक्षित ओलीको कटाक्ष – भैँसीको ढाडमा बसेको झिंंगो चार लात हानेँ भनेर दंग परेजस्तै

प्रहरी अस्पतालमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना



काठमाडौँ । नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको रु ४० लाख आर्थिक सहयोगमा ‘रक्तसञ्चार केन्द्र’को स्थापना गरिएको हो ।

नयाँ रक्तसञ्चार केन्द्रको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिने सेवा सुविधाभन्दा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गर्नुभयो । “अस्पतालले समयानुसार उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ, आगामी दिनमा झन राम्रो सेवा प्रदान गर्न लाग्नुहोस्”, उहाँले भन्नुभयो । व्यावसायिकतालाई विवेकपूर्ण ढङ्गले उत्कृष्टरूपमा प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ थियो ।

अस्पतालका प्रमुख एवं प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा दुर्गा थापाले अस्पतालको क्षमता वृद्धि गर्न अस्पताललाई ३०० श्ययाको अस्पतालको रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको बताउनुभयो । प्रहरी अस्पतालले हाल आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग र अन्य सेवा प्रदान गर्दै आइरहेको अस्पतालका प्रहरी नायब महानिरीक्षक डा मीनराज पाठकले जानकारी दिनुभयो ।

महानिरीक्षक खनालले आजै उक्त अस्पतालमा ‘फिजियोथेरापी रिहाविलिटेशन सेन्टर’को समेत शुभारम्भ गर्नुभएको थियो । विसं २०४० चैत २७ गते २५ श्ययाबाट शुरु भएको सो अस्पतालमा अहिले प्रहरी कर्मचारीका लागि १५० र सर्वसाधारण नागरिकका लागि १० श्यया रहेको छ ।