२१ असार २०८३, आईतवार
,
Latest
दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायपालिका माथि मिडिया ट्रायल र राजनीतिक दबाब बढाउने कार्य अस्वीकार्य: वरिष्ठ अधिवक्ता भट्टराई



अ+ अ-

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा संविधानविद् टीकाराम भट्टराईले न्यायपालिका माथि मिडिया ट्रायल गरी दवाब बढाउन खोजेको आशंका गर्नुभएको छ ।

सामाजिक सञ्जाल मार्फत भट्टराईले राजनीतक भाष्य सृजना गर्दै विवादित बनाएर न्यायपालिकालाई कमजोर बनाउने हो कि भन्ने शंका गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ-

प्रधानन्यायाधीशको नियुक्ती राजनीतिक नियुक्ती होइन न त यो आवधिक निर्बाचनको राजनीतिक इच्छा अभिव्यक्त गर्ने पद नै हो । बरिष्ठता यो पदको हकदारको पहिलो शर्त विश्वभरिकै स्वीकार्य मानक हो तर ठोस, प्रमाणित र बोधगम्य आधारमा पहिलो असक्षम र अनैतिक वा दोषी ठहर भएमा दोश्रो बरिष्ठता स्वत :हकदार हुनेछ। स्वतन्त्र न्यायपालिकाको यो नै एक आधार स्तम्भ हो । अनावश्यक मिडिया ट्रायल र राजनीतिक भाष्य सृजना गरेर यसलाई बिवादित बनाएर न्यायपालिकालाई कमजोर नबनाऔ तर नियुक्ती पछि निरन्तर उच्चस्तरको खबरदारी र निगरानी जारी राखौ। स्मरणीय छ, १०९ दिनको आन्दोलनका योजनाकार,योद्धा र कार्यकर्ता हामी कानुन ब्यबसायी नै थियौ। जोश, होश र चेतना अझै जागृत छ।