१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्र वर्षमा बनेको त्यो हवाई मैदान



अ+ अ-

ओखलढुङ्गा । निर्माण कार्य सुरु भएको १३ वर्षपछि ओखलढुङ्गाको खिजिचण्डेश्वरी हवाई मैदान निर्माण कार्य पूरा भएको छ । जिल्लाको खिजिदेम्बा गाउँपालिकामा पर्ने उक्त हवाई मैदान निर्माणका लागि तत्कालीन ओखलढुङ्गा जिल्ला विकास समितिले २०६३ सालमा बजेट विनियोजन गरी कामको सुरुवात गरेको थियो । अर्थिक वर्ष २०७३/७४ बाट भने नेपाल सरकारको बजेटमा नै समावेश गरी हवाई मैदान निर्माण कार्यलाई गति दिइएको थियो ।

निर्माण कार्य सम्पन्न भएसँगै हवाई मैदानमा परीक्षण उडानका लागि अनुगमन समेत भएको छ । सङ्घीय प्रतिनिधि सभाका सदस्य यज्ञराज सुनुवारको नेतृत्वमा मङ्लबार नागरिक उड्डयन प्राधिकरणको टिमले अनुगमन समेत गरेको छ । लामो समयको अथक प्रयासपश्चात् निर्माण कार्य सम्पन्न भएको र चाँडै खिजिचण्डेश्वरीमा हवाई उडान हुने विश्वास रहेको गाउँपालिकाका अध्यक्ष बेदवहादुर रोकाले बताए ।

मौसम अनुकूल भएमा परीक्षण उडान गर्न केही समस्या नरहेको कुरा अनुगमनपश्चात् नागरिक उड्डयन प्राधिकरणको टोलीले बताएको छ । उनका अनुसार मौसम अनुकूल भएमा पुसको पहिलो साता परीक्षण उडान गर्ने तयारी रहेको छ । केही दिन अघि परेको पानीले भिजेको मैदान सुक्न साथ उक्त हवाई मैदानमा परीक्षण उडान गर्ने गाउँपालिका अध्यक्ष रोकाले बताए ।

निर्माण सम्पन्न भएको उक्त हवाई मैदानमा नियमित उडान भएमा यस जिल्लाको पश्चिमी उत्तरी क्षेत्रका खिजीदेम्बा, सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड तथा लिखु तामाकोसी गाउँपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । नियमित उडान भएमा दिनमा १५ देखि १८ घण्टा लगाएर गाडीमा रामार्गसम्म आउनुपर्ने जोखिमसमेत अन्त्य हुनेछ । गोरखापत्र दैनिकबाट