१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यका सहित पश्चिम क्षेत्रमा हावाहुरीसहित वर्षा



फाइल फोटो
अ+ अ-

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर मुसलधारे वर्षा भएको छ ।  नेपालमा पश्चिमी न्युन चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जसअनुसार हाबाहुरी चट्याङसहित देशभर असिना पानी परेको हो ।

काठमाडौं उपत्यकासहित बुटबल, अर्घाखाँची, ओखलढुंगासहित देशका विभिन्न भू—भाग दिउँसै अन्धकारमय बनेको थियो ।जसकारण जनजीवन अस्तव्यस्त बनेको थियो ।

त्यसो त, मौसम विभागले पनि आज शुक्रवार कोशी, मधेस, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरू, वागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्ग-असिना-हावाहुरी सहित मध्यम  वर्षा-हिमपातको सम्भावना रहेको बताएको थियो ।

कोशी र मधेस प्रदेको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको अनुमान गरेअनुसार नै देशभर बर्षा भएको हो । वर्षाका कारण लामोसमयको वायु प्रदुषण कम भएको छ भने खेतीबालीलाई भने राहत मिलेको छ । —न्युज एजेन्सी नेपाल

फोटो- अशोकसिद्धि तुलाधर