१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जासुसी गरेको आरोपमा इजरायली सैनिक पक्राउ



अ+ अ-

जेरुसेलम। इरानलाई गोप्य जानकारी दिएको आरोपमा “आइरन डोम एयर डिफेन्स सिस्टम” मा कार्यरत एक जना इजरायली सैनिकलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

इजरायल र संयुक्त राज्य अमेरिका मध्य पूर्वमा फैलिएको इरानसँगको युद्धमा सरिक हुँदा यो गिरफ्तारी भएको हो ।

जेरुसेलमका बासिन्दा २६ वर्षीय राज कोहेन आइरन डोम प्रणालीमा भण्डारमा कार्यरत रहेकोमा हालै इरानी गुप्तचरसँग सम्पर्कमा रहेर सुरक्षा अपराध गरेको आशंकामा पक्राउ गरिएको इजरायली प्रहरीले बताएको छ ।

लामो समय अवधि सम्म उनी इरानी गुप्तचर कार्यकर्ताहरूसँग सम्पर्क कायम रहि उनीहरूको निर्देशनमा आग्रह गरिएका संवेदनशील सुरक्षा जानकारी प्रवाह गर्ने लगायत विभिन्न सुरक्षा अपराधहरु गरेको जनाइएको छ ।

फेब्रुअरी – २८ मा सर्वोच्च नेता अली खामेनीको हत्या भए पछि सुरु भएको अमेरिका–इजरायल आक्रमणकोे बदलामा इरानले इजरायलमा निरन्तर मिसाइल प्रहार गर्दै आएको छ ।

इजरायलको अत्याधुनिक हवाई सुरक्षाले तेहरानले प्रहार गरेका धेरै मिसाइलहरू रोक्न सफल भएको छ, भने केही रणनीतिक क्षेत्रहरुमा मानविय तथा भौतिक क्षति भएको जनाइएको छ ।

इजरायली उद्धार अधिकारीहरूका अनुसार युद्ध सुरु भए देखि इजरायलतर्फ इरानी क्षेप्यास्त्र प्रहारका कारण १५ जना सर्वसाधारणको ज्यान गइसकेको छ ।

वेस्ट ब्याङ्क क्षेत्रमा इरानी क्षेप्यास्त्र प्रहार हुँदा चार जना प्यालेस्टिनी महिलाको मृत्यु भएको रामल्लास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  (रासस/एएफपी)