१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बन्ने सरकारलाई खबरदारी गर्दै सहकारी पीडितले भनेः आफ्ना छोप्ने, पराइ हेप्ने प्रवृत्ति नदोहोरियोस्



अ+ अ-

काठमाडाैँ । सहकारीमा फसेको आफ्नो वचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

अगुवाइमा उनीहरूले सरकारको ध्यानाकर्षण गराउन पुनः सडक आन्दोलन शुरु गरेका हुन् । विगत ४५ महिनादेखि निरन्तर सडक आन्दोलनमा रहेका पीडितहरूले सरकारसँग पटक–पटक  सम्झौता भएपनि हालसम्म न्याय नपाएको गुनासो गरेका छन् ।  सरकारले गरेका सम्झौताहरू कागजमै सिमित भएको र आफूहरूको बिचल्ली भएको भन्दै उनीहरू आक्रोशित बनेका छन् ।

उनीहरूले वाचापत्रमा लेखेको सय दिनेप्रक्रिया हामीले पनि सम्झिएका छौँ, आफ्ना छोप्ने, पराइ मात्रै हेप्ने प्रवृत्ति नदोहोरियोस्, अपराध अनुसार सञ्चालकको प्रवृत्ति अनुसार दण्ड गर्ने विधान बनोस्, ठग सञ्चालकहरूको नागरिकता, पासपोर्ट, बैंक खाता, चल अचल सम्पती रोक्का गरियोस्, नयाँ बन्ने सरकार सहकारी पीडितलाई न्याय दे लगायतका प्लेकार्डहरू बोकेर प्रदर्शन गरेका छन् ।