८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मेयर आचार्य भन्छन्ः पोखरामा ‘टिकट काटेर हेर्नलायक’ फोहोर प्रशोधन केन्द्र बन्दैछ

मेयर आचार्य भन्छन्ः पोखरामा ‘टिकट काटेर हेर्नलायक’ फोहोर प्रशोधन केन्द्र बन्दैछ
अ+ अ-

काठमाडाैँ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा हालै देखिएको फोहोरमैलाको समस्या समाधानको बाटोमा गएको बताएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र हालैका आन्दोलनका कारण सिर्जित फोहोरले व्यवस्थापनमा केही असहजता ल्याएपनि महानगरले अल्पकालीन र दीर्घकालीन दुवै समाधानका काम सँगसँगै अघि बढाएको उनले स्पष्ट पारेका हुन्।

लामो समयसम्म फोहोर नउठेर आलोचना खेप्नुपरेको भन्दै मेयर आचार्यले चुनावको मुखैमा फोहोर उठ्न नसक्नुको मुख्य कारण साउन–भदौसम्म पुग्ने अनुमान गरिएको अस्थायी विसर्जन केन्द्र ‘जेनजी मुभमेण्ट’ (आन्दोलन) का कारण छिट्टै भरिएको थियो । मेयर आचार्यले चुनावको समयमा नयाँ ठाउँ खोज्न र व्यवस्थापन गर्न कठिन भएपनि गत ३० गतेबाट नयाँ अस्थायी विसर्जन केन्द्र तयार गरी फोहोर उठाउन थालिएको र अब पोखरा पुरानै अवस्थामा सफा हुने उनले जानकारी दिए ।

“आन्दोलनमा ११८ वटा सरकारी भवनहरू डढे, भाटभटेनीलगायत निजी क्षेत्रका सयौँ ट्रक डढेका र अधकल्चा सामानहरू फोहोरको रूपमा आए, जसले गर्दा फोहोर फाल्ने ठाउँ अनुमानभन्दा धेरै छिटो भरियो,” उनले भने ।

दीर्घकालीन समाधानका लागि महानगरले ‘फोहोरबाट मोहोर’ को अवधारणाअन्तर्गत काम सुरू गरिसकेको छ । पोखरामा दैनिक करिव २२५ टन फोहोर उत्पादन हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै मेयर आचार्यले यसबाट साढे ७ मेगावाट बिजुली बराबरको ऊर्जा उत्पादन गर्न सकिने बताए ।

यसका लागि युरोपियन प्रविधि प्रयोग गरी एलपिजी ग्यास (शुरुमा सिएनजी), कम्पोस्ट मल र निर्माणका ब्लकहरू उत्पादन गर्न अस्ट्रेलियामा रहेका गैरआवासीय नेपाली (एनआरएन) हरूको टोलीलाई गत मङ्सिर ९ गते ठेक्का दिइसकिएको छ ।

“अबको ६ देखि ८ महिनाभित्रै मेसिनरी जडान गरी १ वर्षभित्रमा नेपालकै नमूना फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आउनेछ । यो टिकट काटेर हेर्नलायक बन्नेछ,”उनले भने ।

विमानस्थलका कारण पुरानो ल्याण्डफिल साइट सार्नुपरेको बाध्यता

यसअघि एशियाली विकास बैंक (एडिबी) को सहयोगमा १९ वर्षअघि निर्माण गरिएको अत्याधुनिक सेनेटरी ल्याण्डफिल साइट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चराहरूको जोखिम कम गर्न बन्द गर्नुपरेको थियो । सन् २०२३ जनवरी १ बाट विमानस्थल शुरु भएपछि वडा नम्बर ३२ को लामेआहालमा अस्थायी व्यवस्थापन गरिँदै आइएको थियो ।

फोहोरमा राजनीति नगर्न आग्रह

मेयर आचार्यले फोहोरमैलामा राजनीति नगर्न र अनावश्यक टीकाटिप्पणी नगर्न सबैलाई आग्रह गरेका छन् । “आफ्नो घर अगाडिको फोहोर उठ्नुपर्छ भन्ने तर आफ्नो वडामा फाल्न नदिने प्रवृत्ति जतासुकै छ । शहर सफा राख्ने दायित्व हामी सबैको हो,” उनले भने।

हाल फोहोर विसर्जन भइरहेको नयाँ स्थानमा मानव स्वास्थ्य र पर्यावरणमा कुनै असर नपर्ने गरी प्राविधिक व्यवस्थापन गरिएको प्रतिवद्धतासमेत उनले जनाएका छन् । पोखरा देशकै सबैभन्दा सफा शहर भएको र यसलाई कायम राख्न महानगरका सयौँ कर्मचारी दैनिक खटिरहेको स्मरण गराउँदै उनले पोखरेलीहरूको आफैँ सडक सफा गर्ने पुरानो संस्कृतिको समेत प्रशंसा गरे ।