२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनानबाट एक लाख १९ हजार सिरियाली नागरिक स्वदेश फर्किए



अ+ अ-

काठमाडौँ। इजरायल–हेजबुल्लाह युद्ध सुरु भएयता छिमेकी देश लेबनानबाट करिब एक लाख १९ हजार सिरियाली नागरिक आफ्नो देश फर्किएका छन्।

संयुक्त राष्ट्रसङ्घीय विस्थापन निकाय (आईओएम) का तथ्याङ्क अनुसार मार्च १७ सम्म युद्ध सुरु भएदेखि सिरिया प्रवेश गर्ने कुल संख्या १ लाख २५ हजार ७८४ पुगेको थियो, जसमा करिब एक लाख १९ हजार सिरियाली छन्।

लेबनानमा सन् २०११ देखि सुरु भएको गृहयुद्धबाट भागेका करिब १० लाख सिरियालीहरू आश्रयमा थिए। हेजबुल्लाहले मार्च २ मा अमेरिका–इजरायली हमलाको प्रतिशोध स्वरूप इजरायलविरूद्ध आक्रमण सुरु गरेको थियो भने इजरायलले लेबनानमा तीव्र आक्रमण गर्दै दक्षिणी क्षेत्रमा स्थलगत कारबाही गरेको छ। इजरायली स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबार चार सिरियाली मारिएका थिए।

सिरिया अहिलेसम्म क्षेत्रीय युद्धबाट बाहिर रहेको छ। सन् २०२४ मा बशर अल–असदको पतनपछि लेबनानबाट पाँच लाखभन्दा बढी सिरियालीहरू स्वदेश फर्किसकेका थिए।