२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुरीले व्यावसायिक केराखेतीमा क्षति



अ+ अ-

सिन्धुली। हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेकोे छ । गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो ।

यहाँका किसानले लगाएको सात बिघा क्षेत्रफलको केराखेतीमा क्षति पु-याएको स्थानीय किसान रामकुमार घिमिरेले जानकारी दिनुभयो । “यहाँ हामीले सात बिघामा व्यावसायिक केराखेती गरेका थियौँ । त्यसमध्ये तीन बिघाको केराखेती पूर्ण रुपमा नष्ट भएको छ । बाँकीमा आंशिक क्षति पुगेको छ”, उहाँले भन्नुभयो ।

यहाँ जयप्रसाद पडाडी, युवराज पहाडी र रामकुमार घिमिरेले संयुक्त रुपमा चार वर्षअघि भित्रीमधेस बहुद्देश्यीय कृषि फार्ममार्फत व्यावसायिक केराखेती सुरु गर्नुभएको थियो । तीन दिनअघिको हुरीले उक्त खेतीमा १३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । उक्त फार्मले गत वर्ष रु ४३ लाख बराबरको केरा बिक्री गरेको थियो ।

कृषि विकास कार्यालय, सिन्धुलीका अनुसार जिल्लामा ३६४ हेक्टरमा व्यावसायिक केराखेती हुँदै आएको छ । व्यावसायिक केराखेती भएको अधिकांश क्षेत्रमा आंशिक क्षति पुगेको किसान बताउँछन् ।  रासस