२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरबिलमा विस्फोट, तनाव बढ्दै



अ+ अ-

इरबिल। मध्यपूर्वमा चर्किँदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको सङ्केतका रूपमा कुर्दिस्तान क्षेत्रको राजधानी इरबिलमा बुधबार कम्तीमा चारवटा विस्फोटको आवाज सुनिएको छ । घटनाले क्षेत्रीय सुरक्षाप्रति चिन्ता थप बढाएको छ ।

एएफपीका पत्रकारहरूका अनुसार सहरका विभिन्न भागबाट विस्फोटको आवाज सुनिएको हो, तर आक्रमणको लक्ष्य के थियो भन्ने तत्काल स्पष्ट हुन सकेको छैन । इरबिलको उपनगरबाट हेर्दा सहरमाथि प्रक्षेप्यहरू रोकिँदै गरेको दृश्य देखिएको जनाइएको छ । सोही क्षेत्रमा प्रमुख अमेरिकी वाणिज्य दूतावास परिसर रहेको छ भने विमानस्थलमा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनका सैनिकहरू तैनाथ छन् ।

इराक लामो समयदेखि अमेरिका र इरानबीचको अप्रत्यक्ष द्वन्द्वको केन्द्र रहँदै आएको छ र हालको मध्यपूर्व युद्धले यसलाई थप संवेदनशील बनाएको देखिन्छ । पछिल्ला आक्रमणहरू इरान समर्थित समूहहरूलाई लक्षित गर्दै गरिएको बताइन्छ, जसले इराकसहित क्षेत्रभर अमेरिकी हितविरुद्ध लगातार आक्रमणको दाबी गर्दै आएका छन् ।

युद्ध सुरु भएयता इरबिलमा सुरक्षा सतर्कता बढाइएको छ । गठबन्धनको हवाई प्रतिरक्षा प्रणालीले पटक–पटक ड्रोन खसालेको बताइएको छ । पछिल्ला केही दिनदेखि सहरमा दैनिकजसो विस्फोटका आवाज सुनिन थालेका छन्, यद्यपि प्रायः साँझपख यस्ता घटनाहरू हुने गरेका छन् ।

मङ्गलबार राति शक्तिशाली इरान समर्थित सशस्त्र समूह कातेब हिजबुल्लाहले इराकमा अमेरिकी उपस्थितिको कडा विरोध गर्दै सबै विदेशी सैनिकलाई देश छोड्न माग गरेको थियो ।

वासिङ्टनद्वारा आतङ्कवादी सङ्गठन घोषित उक्त समूह ‘इस्लामिक प्रतिरोध’ नामक छाता सङ्गठनअन्तर्गत सक्रिय छ, जसले इराक र व्यापक क्षेत्रमा अमेरिकी हितविरुद्ध नियमित आक्रमणको दाबी गर्दै आएको छ ।