२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश राउतद्वारा तनहुँ जिल्ला अदालत निरीक्षण



अ+ अ-

तनहुँ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज यहाँस्थित जिल्ला अदालतको निरीक्षण गर्नुभएको छ ।

सो अवसरमा प्रधानन्यायाधीश राउतले तनहुँ जिल्ला अदालतका विभिन्न शाखाको निरीक्षण गर्दै सेवा प्रवाहका बारेमा जानकारी लिनुभयो ।

त्यसक्रममा प्रधानन्यायाधीश राउतले जनतालाई सहज र सरल रुपमा सेवाप्रवाह गर्न निर्देशन दिनुभएको छ । उहाँले अदालतप्रति आमनागरिकको भरोसा न्याय प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्दै असहज परिस्थितिमा पनि सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभयो ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायले तनहुँ अदालतमा जेनजी आन्दोलनबाट भएको क्षति, हाल प्रवाह भइरहेको सेवाबारेमा जानकारी गराउनुभएको थियो ।

अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्यले जेनजी आन्दोलनका क्रममा भएको तोडफोडले कार्यालय कक्ष, कागजात व्यवस्थापन तथा दैनिक कार्यसञ्चालनमा केही असहजता सिर्जना गरेको जानकारी दिनुभयो ।

यद्यपि, चुनौतीपूर्ण अवस्थाबीच पनि कर्मचारी र न्यायिक निकायको समन्वयमा सेवाप्रवाह नरोकिएको उहाँले उल्लेख गर्नुभयो । रासस