७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

रमजान अवसरमा २ सय परिवारलाई खाद्यान्न वितरण

रमजान अवसरमा २ सय परिवारलाई खाद्यान्न वितरण
अ+ अ-

काठमाडाैँ । मुस्लिम धर्मालम्वीहरुको पर्व रमजान महिनाको अवसरमा एकल महिला तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

नेपाल भारत मिल्लत परिषद् केन्द्र र युएई एडको सहयोगमा बुधवार काठमाडौँको मैतीदेवीमा खाद्यान्न वितरण गरिएको हो । मुस्लिमहरूको एक महिने रमजान महिनाको अवसरमा एक महिनालाई नै पुग्नेगरि खाद्यान्न वितरण गरेको मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिए।

उनकाअनुसार प्रतिपरिवार एक बोरा (२५ केजी) चामल, पाँच केजी आँटा, दाल, चना, चिनी, बेसन, चियापत्ति र नुन लगायतका सामग्री उपलब्ध गराइएको छ । उनले यसवर्ष रमजानको अवसर पारेर काठमाडौँको मैतीदेवी क्षेत्रमा २ सय र यसअघि बारा जिल्लामा १ सय ५० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको बताए ।

नेपाल–भारत मिल्लत परिषद् केन्द्रले हरेक वर्ष रमजानको समयमा सहयोग गर्दै आएको उनले जानकारी दिए । उनले यसअघि भूकम्प, कोभिड लगायतको समयमा पनि उक्त संस्थाले सहयोग गरेको बताए । अन्सारीकाअनुसार रमजानको पवित्र महिनामा आर्थिक रूपमा कमजोर परिवारले पनि सहज रूपमा चाडपर्व मनाउन सकुन् भन्ने उद्देश्यले राहत वितरण गरिएको हो ।

उनले ईस्लामले आवश्यक परेमा बेलामा अरुलाई सहयोग गर्नु नै धर्म भन्ने सिकाएकोले दुःखी गरिबहरूलाई सहयोग गरेको बताए । नेपाल भारत मिल्लत परिषद् केन्द्र र युएई एडको संयुक्त पहलमा ३ सय भन्दा बढी घरपरिवार लाभान्वित भएको उनको भनाइ छ ।