७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

व्यावसायिक खेतीबाट म्याग्दीका किसानले गरे वार्षिक ३० लाखसम्म आम्दानी

व्यावसायिक खेतीबाट म्याग्दीका किसानले गरे वार्षिक ३० लाखसम्म आम्दानी
अ+ अ-

काठमाडाैँ ।  म्याग्दीका किसानले व्यावसायिक खेतीमार्फत वार्षिक रु ३० लाखसम्म आम्दानी गर्दै आएका छन्। यहाँका किसानले बेमौसमी तरकारी, फलफूल लगायतका उत्पादन गरेर गाउँमा समृद्धिको नयाँ इतिहास रचिरहेका छन्।

जिल्लाको बेनी नगरपालिका–२ लभ्लीहिलका चन्द्रबहादुर कार्की, खबराका सोभित शर्मा, भकिम्लीका टेकबहादुर घर्ती, मरेकका इन्द्र थापा, बासकुनाका तिलक गुरुङ, मङ्गला गाउँपालिका–३ का सन्तनाथ सापकोटा लगायतका किसानले तरकारी र फलफूल खेतीमार्फत आर्थिक सफलता हासिल गरेका छन्।

बेनी–२ का कार्कीले नौ रोपनी जमिनमा मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै वार्षिक रु ३० लाखभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिनुभयो। उहाँले धान फल्ने खेत र कोदो झुल्ने बारीभरि तरकारी र फलफूल खेती गर्दै आएका छन्। आफ्नो कमाइबाट बेनी बजार र गाउँमा घरसमेत बनाएका कार्कीले मल, बीउ, पानी र बजार समस्या समाधान गर्दै दिनरात मेहनत गरेका  छन् । उनको बारीमा साग, बन्दाकोबी, प्याज, लसुन, मुला, गाजर, धनियाँ लगायतका तरकारीहरू रोपिएका छन्।

६५ वर्षिय कार्कीलाई जहिले पनि खेतबारीमा सक्रिय देख्न सकिन्छ। बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले भने, “राष्ट्रकवि माधवप्रसाद घिमिरेको कविताका अंश ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल’ जस्तै उहाँको जीवन सिर्जनात्मक श्रमको प्रत्यक्ष उदाहरण बनेको छ।”

कार्कीको सफलता युवालाई विदेश जाने सट्टा गाउँमै रहेर मेहनत गर्न प्रेरित गरेको छ। स्थानीय कृषक तेजेन्द्र कार्कीले भने, “कार्की दाइको पसिनाले माटोमा सुन फलाएको छ। उहाँको खेतबारी जापान, कोरिया वा अमेरिकाजस्ता व्यवस्थित छन्।”

पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमका अनुसार कार्कीको मिहिनेतले गाउँमा पैसाको प्रवाह बढाएको छ र स्थानीय बजारमा तरकारी आपूर्ति सहज भएको छ। व्यापारीको कारोबार बढ्दा कतिपय युवाले गाउँमै रोजगारी पाउन थालेका छन्।

अध्यक्ष गौतमले भने, “जिल्लाका अधिकांश किसान पछिल्लो समय तरकारी र फलफूलको व्यावसायिक खेती गर्दै मनग्ये आम्दानी गर्दै आएका छन्। सिजनमा सुन्तला बेचेर रु पाँच लाखदेखि रु ४० लाखसम्म आम्दानी गर्ने किसान पनि छन्। यसरी तरकारी र फलफूलबाट विदेश भन्दा बढी आम्दानी गर्ने उदाहरण म्याग्दीमा प्रशस्त देखिन्छ।”

कार्कीले रासायनिक मल र विषादी नलगाई शुद्ध, अर्ग्यानिक तरकारी उत्पादनलाई प्राथमिकता दिएका छन्। यसले उपभोक्ताको विश्वास जितेको उनले बताए। बेनी बजारका व्यवसायी टीकाबहादुर पाण्डेले भने, “स्वास्थ्य सचेत उपभोक्ताले कार्की दाइको उत्पादनलाई प्राथमिकता दिन थालेका छन्।”

जिल्लाका किसानहरूले तरकारी र फलफूल खेतीबाट प्राप्त सफलता व्यक्तिगत मात्र नभई सामुदायिक समृद्धिको कथा भएको बताउँछन्। उद्योग वाणिज्य सङ्घ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले भने, “किसानको यो उदाहरणीय मिहिनेतले गाउँमा आर्थिक गतिविधि बढाउन, रोजगारी सिर्जना गर्न र समृद्धिका पक्षमा सकारात्मक सन्देश प्रवाह गरेको छ।”