३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ, १ करोड १६ लाख नगद बरामद

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ, १ करोड १६ लाख नगद बरामद
अ+ अ-

काठमाडौँ । नेपाल प्रहरी ले हुण्डी तथा अवैध मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई नगद रकमसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं ले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौँ महानगरपालिका–८ भिमढुंगा क्षेत्रमा अवैध मुद्रा कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो। सो क्रममा प्रहरीले रु १ करोड १६ लाख नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–८ भिमढुंगा बस्ने २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेका छन्। उनीहरूले हुण्डी तथा अवैध मुद्रा कारोबार गरिरहेको आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाबाट विभिन्न बैंकका व्यक्तिको नाममा रहेका तीन थान चेकबुक, विभिन्न व्यक्तिका नाममा काटिएका रु २७ लाख ३० हजार बराबरका तीन थान चेक, विभिन्न बैंकका चार थान एटीएम कार्ड, एक थान नागरिकता, दुई थान चारपाङ्ग्रे सवारीसाधन, एक थान दुईपाङ्ग्रे सवारीसाधन, तीन थान सवारी दर्ता किताब, छ थान मोबाइल फोन, ३९ थान एनसेल र एनटिसीका सिमकार्ड तथा एक थान कम्प्युटर सेट बरामद गरिएको छ।

त्यस्तै, प्रहरीका अनुसार बाइनान्स खातामा रहेको ७,१७५.३४ USDT समेत फेला परेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।