१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद बैठक सम्पन्न



अ+ अ-

मोरङ। कोशी प्रदेश सरकारको आज सम्पन्न मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले प्रदेश अनुसन्धान प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा प्रदेश मामिला समितिमा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो ।

त्यसैगरी कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित कोशी प्रदेश निजी तथा साझेदारी फर्म दर्ता दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गर्नुका साथै आर्थिक सामाजिक तथा पूर्वाधार समितिबाट परिमार्जित आयोजना छनोट तथा वर्गीकरण र आयोजना बैंक व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।

हङकङमा रहेको गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् हङकङ र नेपाली महिला सङ्घ हङकङको आयोजनामा ११६औँ अन्तरराष्ट्रिय महिला दिवस मनाउने सम्बन्धमा सम्पूर्ण दैनिक तथा भ्रमण खर्च आयोजक स्वयंले व्यहोर्नेगरी सहभागी हुन भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री शोभा चेम्जोङलाई भ्रमणका लागि स्वीकृत दिने निर्णय गरिएको छ । रासस