३ श्रावण २०८३, आईतवार
,
Latest
बाल सुधार गृहमा रहेका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउन सरकारलाई समितिको निर्देशन विष्णु पौडेल मुद्दामा अनुसन्धानदेखि अदालतको आदेशसम्म समीक्षा गर्न गोविन्द पन्थीको माग तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र भिडियो विवादपछि ज्ञानेन्द्र शाहीको प्रतिक्रिया : ‘जापानको रक्सी पनि कडा रहेछ’ साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा मकवानपुरको टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित केही नेताहरूको पदलोलुपता र व्यक्तिगत स्वार्थका लागि राजनीतिक सांठगाँठ हुनुहुदैन: झलनाथ खनाल बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानून निर्माणमा सांसद आचार्यको जोड जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपभोक्ता मञ्चले भन्योः आयल निगमको असक्षमताले खाना पकाउने ग्याँसको अभाव भयो



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय उपभोक्ता मञ्चले नेपाल आयल निगमको असक्षमताका कारण नेपालमा खाना पकाउने ग्याँसको अभाव देखिएको बताएको छ ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सो आरोप लगाएका हुन् । उनले नेपालमा खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थको समस्या देखिनुमा वाह्य प्रभाव कुनै नरहेको जिकिर समेत गरे।

नेपाल आयल निगमको व्यवस्थापकीय असक्षमता र सूचना लुकाएको कारणले खाना पकाउने ग्याँसको समस्या मुलुकमा आएको मञ्चका अध्यक्ष महर्जनको आरोप थियो । अध्यक्ष महर्जनले खाना पकाउने ग्यासको अभाव हुनुमा कालोबजारीले पनि काम गरेको दाबी गरे ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य सङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले उपभोक्ताहरुको हित संरक्षणका लागि विद्यमान कानूननै पुनर्लेखन गर्न आवश्यक रहेको बतााए । उनले कानून कार्यालयन गर्ने निकायले नै अनुगमनको काम पनि गर्ने व्यवस्था विद्यमान ऐनमा भएकाले त्यसलाई परिमार्जन गर्न पनि सो सम्बन्धि कानूनको पुनर्लेखन आवश्यक रहेको तर्क गरे ।

अध्यक्ष श्रेष्ठले सरकारी निकायहरूबिचको समन्वयको अभावमा व्यवसायीहरूको आफ्नो उत्पादन प्रवद्र्धनमा समेत समस्या झेल्नुपर्ने अवस्था अझै पनि रहेको बताए ।