३ श्रावण २०८३, आईतवार
,
Latest
बाल सुधार गृहमा रहेका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउन सरकारलाई समितिको निर्देशन विष्णु पौडेल मुद्दामा अनुसन्धानदेखि अदालतको आदेशसम्म समीक्षा गर्न गोविन्द पन्थीको माग तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र भिडियो विवादपछि ज्ञानेन्द्र शाहीको प्रतिक्रिया : ‘जापानको रक्सी पनि कडा रहेछ’ साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा मकवानपुरको टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित केही नेताहरूको पदलोलुपता र व्यक्तिगत स्वार्थका लागि राजनीतिक सांठगाँठ हुनुहुदैन: झलनाथ खनाल बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानून निर्माणमा सांसद आचार्यको जोड जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीका वरिष्ठ डिभिजन वन अधिकृत भट्ट पक्राउ



अ+ अ-

काठमाडाैँ । कैलालीको वन निर्देशनलायमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले आज पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले भट्ट विरुद्ध मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएको आधारमा पक्राउ गरिएको बताए ।

उनका अनुसार भट्टलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । भट्टले मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाएपछि उद्योग मन्त्रालयले उहाँलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

भट्टले केही दिनअघि सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूसँग रु पाँच लाख मागेको र रकम नदिएपछि पूर्वाग्राही भएर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए ।