६ श्रावण २०८३, बुधबार
,
Latest
थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्य गाजामा प्रहरीको गाडीमा इजरायली हवाई आक्रमण, ८ जनाको मृत्यु



अ+ अ-

काठमाडौँ। मध्य गाजाको अल–जवायदा शहरको प्रवेशद्वार नजिकै प्रहरीको गाडीलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा आठ जनाको मृत्यु भएको गाजाको आन्तरिक मामिला अधिकारीहरूले बताएका छन् ।

स्थानीय स्रोतहरूकाअनुसार इजरायली ड्रोनले हमासद्वारा सञ्चालित आन्तरिक मामिला अधिकारीहरूको प्रहरी गाडीलाई लक्षित गरेको थियो । प्यालेस्टिनी चिकित्सा स्रोतहरूले बताएअनुसार यस हवाई आक्रमणमा वरपर रहेका अन्य धेरै व्यक्तिहरू पनि घाइते भएका छन् ।

प्रत्यक्षदर्शीहरूकाअनुसार आईतवार नै मध्य गाजाको नुसेरात शरणार्थी शिविरको पश्चिममा रहेको अल–सवरहा क्षेत्रमा प्यालेस्टिनीहरूको भेलामा इजरायली ड्रोनले कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

शिविरमा रहेको अल–अवदा अस्पतालले उक्त आक्रमणमा एक पुरुष, उनकी पत्नी र उनीहरूका छोराको मृत्यु भएको जनाएको छ ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूले आईतवार आफ्नो दैनिक अपडेटमा रिपोर्ट गरेअनुसार विगत २४ घण्टामा गाजा पट्टीका अस्पतालहरूमा पाँच जनाको शव र आठ जना घाइतेहरू आइपुगेका छन् ।

अधिकारीहरूकाअनुसार अक्टोबर २०२५ मा युद्धविराम लागू भएयता मृत्यु हुनेको सङ्ख्या ६ सय ६३ पुगेको छ भने १ हजार ७ सय ६२ जना घाइते भएका छन् ।

यससँगै अक्टोबर ७, २०२३ यता मृत्यु हुनेको कुल सङ्ख्या ७२ हजार २ सय ३९ र घाइते हुनेको सङ्ख्या १ लाख ७१ हजार ८ सय ६१ पुगेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल