८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली भू-भाग मिच्दा सरकार किन मौन ?



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको अतिक्रमणमा परेको नेपाली भूभाग फिर्ता गराउने सवालमा अडान लिन नसकेको भन्दै सरकारको आलोचना गरेको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेले सुगौलि सन्धिले निर्धारण गरेको सिमा कायम हुनुपर्ने विषयलाई सरकारले अडानका साथ राख्न नसकेकोमा आलोचना गर्नुभएको हो । उहाँले सिमा सुरक्षा र अतिक्रमणमा परेको भूमि फिर्ता गर्ने सम्बन्धमा भएका प्रयास बारे सदनलाई जानकारी गराउन पनि सरकारसंग माग गर्नुभयो । उहाँले भन्नुभयो “प्रधानमन्त्रीले के गरिरहनु भएको छ ? परराष्ट मन्त्रालयले के गरिरहेको छ ? सरकारका अन्य निकायहरुले के गर्देछन् । यो समस्या कसरी समाधान हुन्छ ? हामी नेपालीहरु स्पष्ट छौ । कसैको हामीले के इन्च जग्गा मिच्नु पनि छैन । र नेपालको एक इन्च जग्गा दिनु पनि छैन । यो कुरा हामीले सप्रमाण भारत समक्ष किन राख्न सक्दैनौ ? सुगौली सन्धिले निर्धारण गरेको सिमा कायम हुनुपर्छ भन्ने कुरा दृढताका साथ हामी किन राख्न सकिरहेका छैनौ । यो कुरा प्रधानमन्त्रीले सदनमा आएर पनि जवाफ दिनुपर्छ । भारत संग पनि यो समस्या समाधानका लागि तत्काल अग्रसरता लिनुपर्छ ।”

नेपालको जमिन मिचेर भारतले राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको ४ सय वर्ग किलोमिटर भूमि मिच्ने काम भएको दाबी गर्दे सिमा माथि धावा बोल्ने काम हुदा पनि सरकार मौन बसेकोमा आक्रोश पोख्नुभयो । उहाँले वर्तमान सरकारले भ्रष्टाचारमा र्कितिमान कायम गरेको दाबी पनि गर्नुभयो ।

समाजवादी पार्टी नेपालका राष्ट्रियसभा सदस्य रामपृत पासवानले व्यवस्था परिर्वतन भएपनि सर्वसाधरणले परिर्वतनको अनुभूति गर्न नसकेको बताउनुभयो । सर्वहाराका नेता भन्न रुचाउनेहरुमा मात्रै परिर्वतन आएको भन्दै उहाँले विभेदरहित समाज भाषण मा नभई व्यवहारमा देखाउन सरकारलाई चुनौति दिनुभयो । उहाँले भन्नुभयो “आफूलाई सर्वहाराका नेता भन्नेहरु आज धनाड्य बन्न पुगेका छन् । त्यो मात्रै परिर्वतन भएको छ । नेपाली जनता जनताहरुको घरमा आज गरिबी त्यत्तिकै छ । महंगाईको शिकार जनताहरु त्यत्तिकै छन् । आज आलु किन्न जनताहरुले सकिरहेका छैनन् । दैनिक उपभोग्य बस्तु किन्न नसकेर जनताहरु त्राहिमाम छन् । जनताहरु त्रसित छन् । अनि केमा सरकारले स्वाङ्ग गर्देछ । सरकारले नाक फुलाउने अवस्था त म देख्दै देख्दिन ।”

विभेद र भ्रष्ट्राचारको अन्त्य भएर युवाहरुले स्वदेशमै रोजगारी नपाएसम्म मुलुक सम्मृद्ध हुन नसक्ने भन्दै वर्तमान सरकारको समयमा एनसेल, गोकर्ण रिसोर्ट लगायत ठूला ठूला भ्रष्टाचारको काण्डै काण्ड भएको दाबी गर्नुभयो । उहाँले प्रत्यक्ष र समानुपातिक सांसदलाई विभेद गरिएकोमा पनि आपत्ति जनाउनुभयो ।