२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप पक्राउ



अ+ अ-

काठमाडाैँ । ढाकामा बङ्गलादेशका लोकप्रिय विद्यार्थी नेता सरिफ उस्मान हादीको हत्यासँग सम्बन्धित अर्का संदिग्धलाई भारतले पक्राउ गरेको छ । पक्राउ गरिएको संदिग्धमाथि हादीको हत्यामा संलग्न दुई जनालाई भारतमा अवैध रूपमा प्रवेश गराउन सहयोग गरेको आरोप लागेको पश्चिम बङ्गाल प्रहरीले आइतबार जानकारी दिएको छ ।

सन् २०२४ को बङ्गलादेशीय जनविद्रोहमा सक्रिय हादीलाई डिसेम्बर १२ मा ढाकामा नकाब लगाएका आक्रमणकारीहरूले गोली हानी घाइते बनाएका थिए । उनको पछि सिङ्गापुरको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

पश्चिम बङ्गाल प्रहरीले फैसल करिम मसूद र आलमगीर हुसेनलाई हत्याको मुख्य संदिग्धका रूपमा नाम दिएको थियो । हादीमाथि आक्रमणको केही समयपछि ती दुई हलुआघाट सीमा हुँदै भारततर्फ भागेको प्रहरीले बताएको छ । भारतले ८ मार्चमा ती जोडीलाई पक्राउ गरेको थियो र उनीहरू प्रहरी हिरासतमा छन् ।

पश्चिम बङ्गालको विशेष टास्क फोर्सका सुपरिटेन्डेन्ट इन्द्रजीतका अनुसार फिलिप सांग्मालाई मसूद र हुसेनलाई भारत प्रवेश गराउन सहयोग गरेको आरोपमा पक्राउ गरिएको हो । उनलाई जिल्ला अदालतमा प्रस्तुत गर्नुअघि एक हप्ताका लागि प्रहरी हिरासतमा पठाइएको छ ।

हादीको मृत्युपछि बङ्गलादेशमा हिंसात्मक विरोध प्रदर्शन सुरु भयो । आक्रोशित भिडले भारतको पक्षमा मानिने दुई प्रमुख समाचारपत्र र एक सांस्कृतिक संस्थासहित केही भवनहरूमा आगो लगाएको थियो ।

पूर्वप्रधानमन्त्री शेख हसिनाले प्रजातन्त्र समर्थक विद्रोहबाट भारतमा शरण लिँदा भारत र बङ्गलादेशबिच सम्बन्धमा तनाव थपिएको थियो । भारतीय विदेश मन्त्रालयले हादीको हत्यामा नयाँदिल्ली संलग्न भएको भन्ने दाबीलाई अस्वीकार गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शेख हसिनाको सत्ता बहिर्गमनपछि भएको पहिलो संसदीय चुनावमा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) को जीतमा बधाई दिएका थिए ।