८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु

सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु
अ अ+ अ-

काठमाडाैँ । भक्तपुरकाे सूर्यविनायक नगरपालिका र नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको साझेदारीमा तथा स्वीस रेडक्रसको आर्थिक सहयोगमा सूर्यविनायक नगरपालिकामा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ लागू भएको छ ।

सूर्यविनायक नरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकको स्वास्थ्य सुधार, सामाजिक सहभागिता र बुढ्यौलीमैत्री समुदाय निर्माण गर्दै ज्येष्ठ नागरिकको संरक्षण गर्ने लक्ष्यका साथ परियोजना लागू गरेको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताए ।

परियोजनाका लागि प्रत्येक वडामा स्वयंसेवकका रुपमा छनोट भएका जनशक्तिका लागि सूर्यविनायक नगरपालिका, साहारा परियाजना र नेपाल रेड्क्रस सोसाइटीले आयोजना गरेको पाँचदिने व्यवहार परिवर्तनसम्बन्धी तालिमको आज समापन कार्यक्रममा प्रमाणपत्र वितरण गर्दै उनले यस्तो बताएका हुन् ।

यसअघि पनि यस नगरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई सन्तानले गाँसबाँसको व्यवस्था नगरेमा नगरपालिकाले दिने सेवाबाट बन्द गर्ने घोषणा गरेको बताउदै यस नगरपालिकाभित्र बस्ने कोही पनि ज्येष्ठ नागरिकले कुनै पनि अधिकारबाट वञ्चित हुन नदिने गरी व्यवस्था गर्दै आएको बताए ।

नगर प्रमुख थापाले भने, “नगरबासीले तिरेको करको दुरुपयोग हुन दिएका छैनौँ, यस नगरलाई बालमैत्री र ज्येष्ठ नागरिकमैत्री नगर घोषणा गर्ने लक्ष्य लिएका छौँ, यस नगरपालिकाको नौ वर्षको कार्यकालमा भौतिक संरचनाको विकास गरिसक्यौँ, अब प्रत्येक नागरिकको हातमा सीप, क्षमता विकासको अभियान सुरु गरेका छौँ ।” उनले ज्येष्ठ नागरिकको जीवनयापनमा सहजता ल्याउन नगरपालिकाले थप बजेटको व्यवस्थापन गरेर जाने बताए ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास शाखाका संयोजक रवीन्द्र सापकोटाले नगरपालिकाले यहाँको विकासलाई तीव्रगतिमा अगाडि बढाएर नौ वर्षको अन्तरालमा सम्बृद्ध नगरपालिका बनाउँदा पनि केही गरने भन्ने भाष्य फैलाइएको बताउँदै स्वयंसेवकहरुले यसलाई चिर्नुपर्ने बताए ।

उनले परियोजनाका लागि वडा–वडामा पुग्दा त्यहाँको विकासका सन्दर्भ, नगरपालिकाले प्रवाह गरेको सेवा, सुविधासँगै ज्येष्ठ नागरिकको सबै अधिकार सुनिश्चितताका लागि लाग्नुपर्ने बताए । कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति परशुराम पाण्डेले ज्येष्ठ नागरिकको स्वास्थ्य, अन्य अधिकारका साथै उनीहरूको आवश्यक सेवाहरुको पहुँचमा अभिवृद्धि गर्ने र ज्येष्ठ नागरिकप्रति समाजले गर्ने व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सहारा परियोजना लागू गरेको बताए ।

उनले स्वीस रेड्क्रसले परियोजना र नगरपालिकाको बराबर साझेदारीमा परियाजना लागू भएको र यसले ज्येष्ठ नागरिकको सम्पूर्ण अधिकार सुनिश्चित गर्ने बताए ।