१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने



अ+ अ-

काठमाडाैँ । गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ । राष्ट्रिय राजमार्गअन्तर्गत उक्त सडकखण्डको सत्यवती गाउँपालिकास्थित सिस्ने भिरमा सडक स्तरोन्नति गर्ने सुरु भएसँगै यही चैत १ देखि ३० गतेसम्म सडक पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाको पत्रअनुसार उक्त राजमार्गको अतिसंवेदनशील र साँघुरो स्थान सिस्ने भिरमा सडक कटिङ गर्ने क्रममा ढुङ्गा खस्ने जोखिम बढ्न सक्ने र दुर्घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सडक बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैह्रेले जानकारी दिएका छन् ।

प्रशासनले उक्त सडक स्तरोन्नतिको गर्दा सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गरी यातायात सञ्चालन र आवागमन गर्न आग्रह गरेको छ । कार्यालयले वैकल्पिक सडकका रूपमा सोता–तल्लोरोड–रुपाकोट–दोकुवा–सालघारी–चोरकाटे तथा मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

कार्यालयले उक्त कार्यमा आवश्यक सहयोग एवं सहजीकरणका लागि मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकालाई समेत पत्राचार गरेको छ । प्रशासनले सार्वजनिक रूपमा सूचना जारी गरी उक्त सडक एक महिनाका लागि २४सै घण्टा बन्द रहने जनाएको हो ।

सडक डिभिजन कार्यालयले गत माघ २६ देखि फागुन १५ गतेसम्म २० दिन आंशिक रूपमा बन्द गरी सडक स्तरोन्नतिको काम गरेको थियो । जिल्लामा सबैभन्दा धेरै सवारीसाधन सञ्चालन हुने उक्त सडक गुल्मीको वामीटक्सारबाट मध्यपहाडी लोकमार्ग हुँदै बागलुङको बुर्तिबाङसम्म सवारीसाधन ओहोरदोहोर गर्ने मुख्य सडकअन्तर्गत पर्दछ