२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी मुख्य इन्धन टापुका प्राय सैन्य ठेगाना नष्ट गरिएको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी



डोनाल्ड ट्रम्प
अ+ अ-

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको खार्ग द्वीपमा अवस्थित हरेक सैन्य ठेगानाहरूलाई नष्ट गरेको बताउनुभएको छ।

राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा भन्नुभएको छ, “अमेरिकाको सेन्ट्रल कमान्डले मध्यपूर्वको इतिहासकै शक्तिशालीमध्येको कारबाही पूरा गरेको र उक्त द्वीपमा रहेका हरेक सैन्य ठेगानालाई पूरै नष्ट गरिएको उल्लेख गरेको छ ।

“मैले उक्त द्वीपको तेलसम्बन्धी संरचनाहरूलाई नष्ट नगर्ने बाटो लिएको छु। तर यदि इरान वा अन्य कसैले हर्मुज स्ट्रेटको माध्यम भएर हुने जहाजहरूको स्वतन्त्र र सुरक्षित आवतजावतमा हस्तक्षेप गर्छ भने म तुरुन्त मेरो निर्णयमा पुनर्विचार गर्नेछु।“

उहाँले इरानलाई हतियार बिसाउन र ‘आफ्नो देशका बचेखुचेका कुराहरूलाई जोगाउन’ पनि भन्नुभएको छ।

इरानी तटबाट २२ माइलको दूरीमा खाडीको उत्तरी क्षेत्रमा अवस्थित उक्त द्वीप सानो तर रणनीतिक स्थान हो ।  (रासस/एएफपी)
–––