८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

गौरीटार रङ्गशालालाई प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढाउँछौँ : मुख्यमन्त्री बानियाँ

गौरीटार रङ्गशालालाई प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढाउँछौँ : मुख्यमन्त्री बानियाँ
अ अ+ अ-

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको गौरीटार रङ्गशालालाई प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि बढाउने बताउनुभएको छ ।

‘बृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सव हेटौँडा २०८२’ को आज उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले गौरीटार रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको खेलकुद प्रतियोगिता सञ्चालन हुनेगरी प्रदेशको गौरवका आयोजनाका रूपमा अघि बढाउने बताउनुभएको हो ।

“यहाँ हाम्रो गौरीटार रङ्गशाला छ, त्यहाँ थोरै बजेट खर्च गरेर केही काम पनि भएको छ”, मुख्यमन्त्री बानियाँले भन्नुभयो, “अब त्यहाँ प्रदेश सरकारले एक अर्ब बढी बजेट लगानी गरेर अन्तरराष्ट्रियस्तरको खेलकुद प्रतियोगिता सञ्चालन गर्ने स्तरको संरचना निर्माण गर्नेछ ।” सो स्थानमा खेलकुद मैदान, स्वीमिङ पुल, ब्याडमिन्टन, क्रिकेट, बास्केटबल, फुटबललगायत सबै किसिमका खेलकुद प्रतियोगिता गर्न सकिने किसिमको संरचना निर्माण गरिने उहाँको भनाइ थियो ।

गौरीटार रङ्गशालामा आगामी एक महिनाभित्र बागमती प्रदेशस्तरीय खेल महोत्सव आयोजन गर्न लागिएको जानकारी दिँदै मुख्यमन्त्री बानियाँले बागमती खेलकुद विकास परिषद्ले आयोजना गर्न लागेको खेल महोत्सवलाई सफल बनाउन जिल्ला खेलकुद विकास समितिलगायत सरोकारवालाले सहयोग गर्नुपर्ने बताउनुभयो ।

खेलाडीहरू समाज र राष्ट्रका पहिचान भएकाले अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय सरकारसँग समन्वय, सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै खेलकुद क्षेत्रको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

कृषि, पर्यटन क्षेत्रको विकास गरी प्रदेशका जनताको आयस्रोत वृद्धि गर्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुहुँदै मुख्यमन्त्री बानियाँले प्रदेशभित्र रहेका पर्यटकीय क्षेत्रहरूको संरक्षण, संवर्द्धन गरी पर्यटक क्षेत्रको विकास गर्न प्रदेश सरकारले काम अघि बढाएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, मकवानपुर उद्योग बाणिज्य सङ्घका अध्यक्ष प्रमोदराज रानाभाट, नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतले आफ्नो भनाइ राखेका थिए ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा हेटौँडा उपमहानगरपालिका–१० स्थित टिसीएनचौरमा आजदेखि सुरु भएको महोत्सव चैत १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षति पुनःस्थापना तथा खेलकुद सामग्रीको खरिद र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त महोत्सवमा खेलकुद सामग्री, व्यापार, स्थानीय कृषि उत्पादनका ४०० स्टल राखिएको जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिनुभयो ।

महोत्सवमा विभिन्न जातजातिका झाँकी तथा राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रमसँगै राष्ट्रिय महिला भलिबल, राष्ट्रिय तेक्वान्दो, जिल्लास्तरीय भलिबल, ब्याटमिन्टन, दौड र कराते प्रतियोगितासमेत समावेश गरिएको अध्यक्ष मोक्तानले बताउनुभयो । रासस