८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बजारमा, अनावश्यक सञ्चितिले विद्यार्थी,मजदुरलाई समस्या पर्‍योः निगम

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बजारमा, अनावश्यक सञ्चितिले विद्यार्थी,मजदुरलाई समस्या पर्‍योः निगम
अ अ+ अ-

काठमाडौं । नेपाल आयल निगमले बजारमा देखिएको ग्यास अभावलाई मध्यनजर गर्दै शुक्रबारदेखि देशभर आधा भरिएका ग्यास सिलिण्डर वितरण सुरु गरेको छ।

निगमका अनुसार देशमा ग्यास आयात भने खपतअनुसार नै भइरहे पनि उपभोक्तामा फैलिएको त्रासका कारण ग्यास सञ्चिति बढ्दा बजारमा वितरणमा समस्या देखिएको हो। यही अवस्थालाई सहज बनाउन ७.१ केजी ग्यास भरिएका आधा सिलिण्डर बजारमा पठाइएको निगमले जनाएको छ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार सुरुमा चुनावको सन्दर्भलाई लिएर ग्यास आपूर्तिमा समस्या हुनसक्ने आशंकाले उपभोक्ताले ग्यास जोहो गर्न थालेका थिए। त्यसपछि सञ्चारमाध्यममा ग्यास अभावको चर्चा बढेपछि उपभोक्तामा थप त्रास फैलिएको र ग्यास सञ्चिति गर्ने प्रवृत्ति झनै बढ्दा बजारमा अभाव देखिएको उनले बताए।

उनका अनुसार प्रारम्भमा एक–दुई कम्पनीको मात्र ग्यास अभाव देखिए पनि अहिले अन्य कम्पनीका ग्यास समेत सहज रूपमा नपाइने अवस्था बनेको छ। यही कारण वितरणलाई सहज बनाउन आधा सिलिण्डर ग्यास बजारमा पठाउने निर्णय गरिएको हो।

निगमका अनुसार देशमा ग्यास आयात भने खपतअनुसार नै भइरहेको छ। गत पुस महिनामा करिब ४७ हजार मेट्रिक टन ग्यास आयात गरिएको थियो भने माघ महिनामा करिब ४६ हजार मेट्रिक टन ग्यास आयात भएको छ। नेपालमा मासिक रूपमा करिब ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास खपत हुने गरेको जानकारी निगमले दिएको छ। फागुन २६ गतेसम्म मात्रै करिब साढे ४६ हजार मेट्रिक टन ग्यास आयात भइसकेको पनि निगमले जनाएको छ।

प्रवक्ता ठाकुरका अनुसार ग्यास अभावको असर विशेषगरी विद्यार्थी र मजदुर वर्गमा बढी देखिएको छ। उनीहरूले एउटा सिलिण्डर ग्यास पाउन महिनौँ कुर्नुपर्ने अवस्था देखिएपछि समस्या समाधानका लागि ७.१ केजी ग्यास भरिएको आधा सिलिण्डर वितरण गर्ने निर्णय कार्यान्वयनमा ल्याइएको हो।

यसअघि पूर्ण सिलिण्डर ग्यासको मूल्य १ हजार ९ सय १० रुपैयाँ रहेकोमा अब आधा सिलिण्डर अर्थात ७.१ केजी ग्यासको मूल्य ९५५ रुपैयाँ तोकिएको निगमले जनाएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय घटनाक्रमका कारण ऊर्जा संकटको चर्चा भए पनि हालसम्म ग्यास तथा इन्धन आयातमा कुनै समस्या नआएको बताइएको छ।