२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छः मुख्यमन्त्री आचार्य



अ+ अ-

काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक, सांस्कृतिक र खेल पर्यटनलाई प्राथमिकतामा राख्दै स्थानीय अर्थतन्त्र सुदृढ पार्ने योजना प्रदेश सरकारले निर्माण गरिरहेको बताएका छन् ।

प्रदेश राजधानीस्थित राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसको अवसरमा देविकोटमा आयोजित देविकोट दर्शन क्रस कन्ट्री दौड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासमा पनि जोड दिइएको स्पष्ट पारेका हुन् । उनले देविकोट क्षेत्रको धार्मिक र ऐतिहासिक महत्व उल्लेख गर्दै यहाँ पर्यटकहरूको आवागमन बढाउन आवश्यक पूर्वाधार विकासमा प्रदेश सरकारले ध्यान दिने जानकारी दिए।

युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले खेललाई पर्यटनसँग जोडेर कार्यक्रम सञ्चालन भइरहेको बताए । प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य इन्द्रजित थारूले सरकार गठनपछि दुर्गम बस्तीहरूमा आधारभूत विकासका पूर्वाधार विस्तार भएको बताए भने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले कार्यशैली परिवर्तन गर्दै सेवा प्रवाह प्रभावकारी बनाइने जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ डोल्पाका अर्जुन बुढा र महिलातर्फ कर्णालीकी पूर्णलक्ष्मी न्यौपानेले पहिलो स्थान हासिल गरेका छन्। पुरुषतर्फ अर्जुन बुढाले २५ मिनेट ४४.७ सेकेन्डमा दौड पूरा गरे। दोस्रो स्थान जुम्लाका चन्द्र रावत र तेस्रो स्थान जुम्लाकै युवराज बुढाले प्राप्त गरेका छन् ।

महिलातर्फ पूर्णलक्ष्मी न्यौपानेले ४८ मिनेट ०३.०१ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हात पारे। दोस्रो स्थान कर्णालीकी कल्पना बुढा र तेस्रो स्थान जुम्लाकी सन्देवा बुढालाई प्राप्त गरे ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३० हजार पुरस्कार प्रदान गरिएको थियो। उद्घाटन समारोह लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका थिए ।