८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

निर्वाचन प्रहरीको सेवा उत्साह, शान्तिपूर्ण निर्वाचनपछि बिदाइ

निर्वाचन प्रहरीको सेवा उत्साह, शान्तिपूर्ण निर्वाचनपछि बिदाइ
अ अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को लागि खटिएका निर्वाचन प्रहरीहरुलाई बिदाइ गरिएको छ। शान्तिपूर्ण निर्वाचन सम्पन्न भएपछि प्रहरीमा खुसी र उत्साह छाएको देखिएको छ।

भरतपुर महानगरपालिका–२९ मा खटिएकी लक्ष्मी भण्डारीले ४० दिनसम्म निर्वाचनमा सेवा पाएको अनुभवलाई रमाइलो भन्दै बर्णन गरिन्। उनले भनिन् कि राज्यको सेवा गर्ने अवसरले नेपालका सुरक्षा निकायको मेहनत बुझ्न सहज भएको छ। उनले निर्वाचनमा पाएको भत्ता आफ्ना छोराछोरीको अध्ययनमा खर्च गर्ने योजना बनाएकी छन्।

रेनुका पौडेलले पनि निर्वाचन शान्तिपूर्ण सम्पन्न भएकोमा खुशी व्यक्त गरिन्। कक्षा १२ पछि विदेशमा काम गरेकी पौडेलले पहिलोपटक नेपालमा जनताको सेवा गर्ने अनुभव पाएको बताइन्। उनले ४० दिनको कामले उनलाई सन्तुष्ट बनाएको र पाएको रकम स्नातक अध्ययनमा खर्च गर्ने योजना रहेको बताइन्।

इलाका प्रहरी कार्यालय रत्ननगरकी सुनिता प्रजा बस्नेतले पनि निर्वाचनमा सहभागी भएर धेरै कुरा सिकेको र अब राज्यले दिएको जिम्मेवारी पूरा गर्न सक्षम भएको अनुभूति पाएको बताइन्। उनले पाएको सुविधालाई व्यवसायमा प्रयोग गर्ने योजना बनाइरहेकी छन्।

खैरहनीको इलाका प्रहरी कार्यालयमा खटिएका सङ्कल्प केसीले पनि शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाउँदा उत्साह बढेको बताए। उनले आवश्यक परे राज्यले दिएको अन्य जिम्मेवारी पनि सम्हाल्न तयार रहेको उल्लेख गरे।

जिल्लामा यस निर्वाचनमा दुई हजार ७६६ निर्वाचन प्रहरी परिचालन गरिएको थियो, जसमा नेपाल प्रहरी २,४४१ र सशस्त्र प्रहरी ३२५ थिए। उनीहरुलाई बिहीबार एक कार्यक्रमबीच बिदाइ गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचन प्रहरीको भविष्य उज्ज्वल बनाउन सरकारले सिटिइभिटी र गृह मन्त्रालयसँग सहकार्य गरी दुई चरणमा व्यावसायिक तालिम दिने योजना बनाएको जानकारी दिए। सिटिइभिटीमार्फत वर्षेनी एक हजार २०० जनाको तालिम व्यवस्था गरिनेछ।